नेपालगन्जमा घर बीमा कार्यक्रम कार्यान्वयनमा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/bima_VdaFHTmAPZ_go0iuck51f4amp5qp4aqzw1kqv4kfzkljnexnshve05yii9rgd0v9jeiuhvv_ES4TrbrfbV_rr4rq44mnpd2eixzauiozf2ghldpty6gudkvccaviswslnikjatjvqofcekj.jpg)
नेपालगन्ज उपमहानगरपालिकाले आवासीय घर बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ । विपद् जोखिमसम्बन्धी कार्यविधि २०८० बनाएको उपमहानगरपालिकाले विपद्पछिको पीडा कम गर्न आवासीय घर बीमाले काम गर्ने जनाएको छ ।
नगर प्रमुख प्रशान्त विष्टले विपद्को शक्तिशाली औजार बीमा भएको उल्लेख गर्दै केही सातामा नै बीमाको काम सक्ने गरी काम भइरहेको बताउनुभयो ।
उपमहानगरपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक समीरप्रताप सिंहले विपद् दुर्घटना बीमा र जोखिमग्रस्त क्षेत्र आवास बीमा कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिनुभयो । संयोजक सिंहका अनुसार विपद् दुर्घटना बीमामा नगरभित्रका सबै घरको बीमा गरिने छ । जोखिमग्रस्त क्षेत्र आवास बीमामा उपमहानगरपालिकाले जोखिम क्षेत्र पहिचान गरी त्यहाँ रहेका निजी घरको समेत बीमा गर्ने जनाइएको छ । उहाँले त्यसका लागि झन्डै तीन सय घरधुरी सर्भेक्षण गरिसकिएको उल्लेख गर्नुभयो ।
उपमहानगरपालिकाले रु १५ लाखसम्मको बीमा गरिदिने र रु १५ लाखसम्मको घरको बीमा गर्दा उपमहानगरपालिकाले प्रिमियम तिरिदिने तथा रु १५ लाखभन्दा माथिको हकमा व्यक्ति स्वयंले प्रिमियम तिर्नुपर्ने व्यवस्था गरिएको सिंहको भनाइ छ । रु १५ लाखको बीमा गर्दा रु पाँच सय ८४ प्रिमियम पर्दछ । त्यसका लागि राष्ट्रिय बीमा कम्पनीसँग सहकार्य गरिएको छ । राष्ट्रिय बीमा कम्पनी नेपालगन्जका प्रबन्धक नवीन शर्मा पौडेलले बीमा भएका घरमा मृत्यु, घाइते वा घरमा क्षति भएको हकमा अलग अलग बीमा हुने जानकारी दिनुभयो ।
नेपालगन्जका वडा नं ३ र ७ मा सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर) सञ्चालनमा छ । सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ । त्यसैको पहलमा सो काम भइरहेको हो । सुपरका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले पालिकाको वडा नं ३ र ७ मा भवनको घनत्व बढी रहेको जानकारी दिँदै बाटो साँघुरो र पुरानो बस्ती भएकाले घर जीर्ण भएकाले त्यहीँबाट काम अगाडि बढाइएको बताउनुभयो ।
![एकीकृत समाजवादी महाधिवेशन : चार प्रतिवेदनमाथि छलफल](https://snowberry.prixacdn.net/media/gallery_folder/samajbadi2024-07-02-08-14-27_SLOuU1cWlE_yvfqsi6gcrouwgydrimbis4d6kiomnkwl3zadpk9ja7imae0274ke4pno2th_BVpnQvHMBp_ooy0r8yi6kdf3k7cv3un9qv0h4j3jmdfqq4t15pa5kkebfliy70sqk4hztlf.jpeg)
एकीकृत समाजवादी महाधिवेशन : चार प्रतिवेदनमाथि छलफल
![रानीसैनमा ‘भिस्याट’ प्रविधिमार्फत टेलिफोन सेवा](https://snowberry.prixacdn.net/media/gallery_folder/1719894969-gF2tT_bu6N7Zn79J_vb1ty0mbkynygfrpcyqfs2ltmp54bfvzudyfn4qixaokxolod75sdnjv0e2r_cAbdgkADiY_seuduhtks5aeli8nwn9v0aohsdia5niswqlng0h2ti3ixizvdu7zjbgkqu6w.jpg)
रानीसैनमा ‘भिस्याट’ प्रविधिमार्फत टेलिफोन सेवा
![राष्ट्रपति पौडललाई भेट्न प्रचण्ड राष्ट्रपति भवन शीतल निवास जाने](https://snowberry.prixacdn.net/media/gallery_folder/download_7GiPl2nzOu_jd6cachc9yb9bt6wiawfaqrexfsqu0sl3q1wsdmw6xwkyp2nnujmkuznlx2g_ZEUB5QtiNb_ai6iryszzupwwkmmdlraxtcwwbzkik1khbbstpdo5oocubhn8w5mfovputei.jpeg)
राष्ट्रपति पौडललाई भेट्न प्रचण्ड राष्ट्रपति भवन शीतल निवास जाने
![माओवादी केन्द्रले सरकार नछाड्ने,राष्ट्रिय सहमतिको सरकार असम्भव](https://snowberry.prixacdn.net/media/gallery_folder/mawobadi-esthai-commti-baithak_KYg7HEBVRp_vv2nexmjjxnkv6gnrsoju1ifocdtofxqzsighe276ffmun2qsw4ujvza0ccp_oQo9cRBFuo_u9niexaizdbljjzmu15ov1aimzpnfwxzfbpet2iyvgynuqcmps5fca6dtfe9.jpg)
माओवादी केन्द्रले सरकार नछाड्ने,राष्ट्रिय सहमतिको सरकार असम्भव
![सत्ता परिवर्तनको सहमतिकाे प्रभाव सेयरबजारमा,कारोबार खुलेको १ मिनेटमै नेप्सेमा ८२ अंककाे वृद्धि](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-02%2520114254_PxBZRV99tf_iz1gdexemmpyjthi14zhxomlturjabkvlvizyrzrdg5kk6na77flao7hzknr_KO1ZyLHpqf_gdexc79sxrjfraqnh3qj94dpnsdtzyo7lrqz0wxsr7nys3qkxofluvqz4xju.png)
सत्ता परिवर्तनको सहमतिकाे प्रभाव सेयरबजारमा,कारोबार खुलेको १ मिनेटमै नेप्सेम…
![करेन्ट लागेर एक महिलाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/1654491977_98413_u6dccEjVII_jrjvrrm6p2zypsuykbakp2s3yjaki5rgkvsgvgnn16ykzzjkbpbpgnub68zm_MfhqrNuDgc_bezhqxzfciab8kf9icyykg6xjpoarrlxeqhg0g2keqispbbse1q9c5zfx2go.jpeg)
करेन्ट लागेर एक महिलाको मृत्यु
![बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?](https://snowberry.prixacdn.net/media/gallery_folder/Gold-4_tKcKl62pHB_dkggfhlivigiiwujytettre4osjgolifuoatq63hufas8bcikk5ofsccdot6_mdiavUuY6d_bxqhg6vbfrd9uw5heursavzann82gy6ufujrjklntomi3jrhwls9971a3adx.jpg)
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
![रास्वपा एमाले–कांग्रेसबीचकाे नयाँ गठबन्धनमा सहभागी नहुने](https://snowberry.prixacdn.net/media/gallery_folder/raswapa-rastriya-swotantra-party_1mOp5Nwz33_gcpzcutjxymcolafd0lg6fdmm0d5ugfml2biggrtjnxjuimdbft1pamcooiu_jnohrOSqEe_zl9rwnxfm7gdufvlfbvghvmaznzysqrbynha8wjusfvcgycp5e9srzqlw4fu.jpg)
प्रतिक्रिया