टी-२० विश्वकप फाइनलमा भारतका सूर्यकुमार यादवले लिएको ‘क्याच’ विवादमा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/shurya-kumar-catch-world-cup_9HyHuYPVWN_tr4lm5qglrgzd4buyeeyoryevfx2yj4vptzfqrub2uovz2rygdmrslhs4dag_nJJGb2aBMW_3pn7pzyeg2ehplqm8abjjyr1xhdowymy9pne5loedxb8re2sl84ctfsdnvrj.jpg)
टी-२० विश्वकप फाइनलमा भारतका सूर्यकुमार यादवले लिएको एउटा महत्वपूर्ण ‘क्याच’ विवादित बनेको छ । अन्तिम ओभरको पहिलो बलमा लिइएको यही क्याचले खेलमा भारतको जित निश्चित गरेको थियो ।
दक्षिण अफ्रिकालाई अन्तिम ओभरमा १६ रन चाहिएको थियो र स्ट्राइकमा थिए हार्डहिटर डेविड मिलर । ६ विकेट गुमाइसकेको दक्षिण अफ्रिकाको सम्पूर्ण आशा मिलरमाथि नै केन्द्रित थियो । नभन्दै उनले पहिलो बलमै हार्दिक पाण्ड्याविरुद्ध ठूलो सट हाने । बल छक्काको लागि उडिरहेको जस्तो देखियो । तर, बाउन्ड्री लाइनमा सूर्यकुमारले हस्तक्षेप गर्दै सनसनीपूर्ण क्याच लिए । उनले लिएको क्याच क्लियर भने थिएन ।
तीव्र वेगमा उडेर आएको बललाई सूर्यकुमारले दौडिँदै आएर बाउन्ड्री लाइनमा मुस्किलले समाते तर नियन्त्रणमा रहन सकेनन् । उनी बललाई भित्र फ्याकेर आफू बाउन्ड्रीबाहिर गए र फेरि भित्र आएर उक्त बललाई खस्नु अगावै समाते । त्यसपछि क्याच लिएको भन्दै सेलिब्रेसन गर्न थाले । मिलर स्तब्ध देखिए ।
सूर्यकुमारले लिएको क्याच फेयर हो वा होइन भनेर निर्णय लिन अन फिल्ड अम्पायरले थर्ड अम्पायरलाई रिफर गरे । थर्ड अम्पायरले क्याच सही भएको ठहर गर्दै मिलरलाई आउट दिए ।यो क्याच विवादित हुनुका दुई कारण छन् । पहिलो, थर्ड अम्पायरले क्यामराको अर्को एंगलबाट नहेरिकन हतारमा निर्णय लिनु । सुरुमा बल समाउँदा नै सूर्यकुमारको जुत्ताले बाउन्ड्री कुसनलाई छोएको हुनसक्ने आशंका कतिपयले गरेका छन् । यसलाई विपरीत एंगलको क्यामराबाट हेरेको भए प्रष्ट देख्न सकिन्थ्यो । तर, एक साइडबाट हेरेकै भरमा अम्पायरले निर्णय लिए ।
दोस्रो, सूर्यकुमारले बाउन्ड्रीभन्दा बाहिरबाट भित्र पसेर क्याच लिँदा बाउन्ड्री कुसन दुई–इन्च पर धकेलिएको देखिएको छ ।
आईसीसीको नियमले बाउन्ड्री लाइन भनेर डोरीलाई होइन कि कुसनलाई मान्छ । डोरीभन्दा केही इन्चमा कुसनले घेरिएको हुन्छ । यो कुसन सर्नु हुँदैन भन्ने आईसीसीको नियम छ । यदि सरेको पाइएमा पूर्ववत स्थानमा रहेको मानेर निर्णय लिनुपर्छ ।आईसीसी प्लेइङ कन्डिसनको सेक्सन १९.३ मा भनिएको छ, ‘यदि बाउन्ड्रीको संकेत गर्न राखिएको ठोस बस्तु कुनै पनि कारणले सरेको पाइएमा बाउन्ड्री पहिलेकै स्थानमा थियो भन्ने सम्झिनुपर्छ ।’
यसको आशय हो, यदि कुसन पर सरेको छ भने त्यसलाई बाउन्ड्री मानिँदैन । त्यो पहिले जुन स्थानमा रहनुपथ्र्यो त्यसैलाई बाउन्ड्री मानिन्छ । सूर्यकुमारले क्याच लिँदा बाउन्ड्री रोप र बाउन्ड्री कुसनबीच ग्याप देखिएको छ । उनको बायाँ खुट्टा कुसन र रोपको बीचमा छ । यदि बाउन्ड्री कुसन सरेको थिएन भने सूर्यकुमारको खुट्टाले त्यसलाई छुने थियो । यो कतिबेला सर्यो भन्ने चाहीँ स्पष्ट छैन । सायद यो क्याच लिइनुभन्दा पहिल्यै सरेको थियो ।यदि यो क्याचलाई थर्ड अम्पायरले मान्यता दिएको भए छक्का हुने थियो । पहिलो बलमा छक्का लागेको भए बाँकी ५ बलमा १० रन चाहिन्थ्यो । मिलरले टीमलाई जिताउन सक्थे । साउथ अफ्रिकाले इतिहास रच्ने थियो ।
यो क्याचलाई लिएर सामाजिक सञ्जालमा अहिले निकै विवाद भइरहेको छ । आलोचकहरुले विश्वकप भारतले जितेको नभएर भारतलाई जिताइएको आरोप लगाएका छन् ।
![कोपा अमेरिका २०२४ : उरुग्वे र पानामाले क्वाटरफाइनलमा](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-02%2520105930_OShDy1GxBU_xcvz21o3eq8m17rkzprsj7l4q2r52hirp5ukvrbd5hononlolhsbkmzhtje0_qozxlYxRGj_oyml8sugqteom2qrvqcoawnddfofjurgofmskhcv0y52krm27mcdb3a43ndy.png)
कोपा अमेरिका २०२४ : उरुग्वे र पानामाले क्वाटरफाइनलमा
![युरो कप २०२४ : पूर्वविजेता फ्रान्स क्वार्टरफाइनलमा प्रवेश](https://snowberry.prixacdn.net/media/gallery_folder/2160111107.0_3quoN4QmDN_toff6nqmpnafrr272p7t8beb4oocpcd372k1xf89wgabkxofbdyxre08dqfm_DR89z0Tkc7_dt55atdexmllofjg0jbf8pj3bcvvlez0utpeiom25szigyg4cqsfmobvetls.jpg)
युरो कप २०२४ : पूर्वविजेता फ्रान्स क्वार्टरफाइनलमा प्रवेश
![टी-२० विश्वकपमा भारतको जितमा दक्षिण अफ्रिकी मिडियामा चर्को बहस, कप्तान मार्करामले खुलेर बोले](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-01_22-40-59-507_w1Q7akzTLQ_bhmlbtkz0esdz7n95t3zcy6h2uttdpi3tgz95tuxhktcvwkoqgxc7tjfdpgi_54s74hmWaY_2agwaa1zx9rluevtb1j7ijsqi54h9rfn3zqkhivnuinqjnysmrbv3g9l1pwp.jpg)
टी-२० विश्वकपमा भारतको जितमा दक्षिण अफ्रिकी मिडियामा चर्को बहस, कप्तान मार्करा…
![युरोकप २०२४ : आज पोर्चुगल र स्लोभेनियाबीच खेल हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/Ronaldo-12f392fe22d601600f1bca782dda7923_7Zfmtl2ezW_f7mkkqsepzbxilnumh9ilp8atcmacttb0vltdkczz7kevejbw7pdmv5suzqm_vGdjtFN1FA_ap1vukd29tl7yygmxubrcjokj4gmecdr7k14whzz0oxh4xx388osfhio4m5p.jpg)
युरोकप २०२४ : आज पोर्चुगल र स्लोभेनियाबीच खेल हुँदै
![कोपा अमेरिका २०२४ : भेनेजुएला अन्तिम ८ मा](https://snowberry.prixacdn.net/media/gallery_folder/Venezuela_OYrwjxHem5_6mx1joznm4klddtrwbbzidakvucgu5rflxfpo6pjbgteignkz13pivydxz7q_kJhBjf8fFZ_fbt5sxgbms0lir32fmzne9e7exjpstn7pnkkxoyh4qas5p8tlejhii9xfist.webp)
कोपा अमेरिका २०२४ : भेनेजुएला अन्तिम ८ मा
![युरोकप २०२४ : स्पेन जर्जियाविरुद्ध ४-१ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-01%2520042057_bqNnGlNcDG_lcxyvwcs6idlpumf9y44ydctf5xfr1384jlg7yyso4l2qjsrcmada98hqhyv_4sFKXmB7IB_9eal8hbgxgsoh8wqsmhjwkc3df8lrj9ocgonhxu9rkwyi9w006x506ofjlxd.png)
युरोकप २०२४ : स्पेन जर्जियाविरुद्ध ४-१ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश
![टी-२० विश्वकप जितेपछि किन ४ घण्टा स्टेडियममा बितायो भारतीय टोलीले ?](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-06-30_22-43-08-208_NOxraKTlB7_78jzvidwn6s60dhre23vvnswnybh2eecrmc9wokyzdivnn6vxkaydmdug8ce_FHzdni7l0L_9jegngo1lznyfoymk8hgh2rxabtglj316rrfk7msrrydhwvrs1xxuruov4cs.jpg)
टी-२० विश्वकप जितेपछि किन ४ घण्टा स्टेडियममा बितायो भारतीय टोलीले ?
![भारतका अलराउन्डर रवीन्द्र जडेजाले गरे टि-२० अन्तर्राष्ट्रियबाट सन्न्यासको घोषणा](https://snowberry.prixacdn.net/media/gallery_folder/Rabindra-Jadeja_xj3zZqIm3X_xr1jnkhrclbdxa5q0pdlru1syhb5zgmi13m85abxvpreypjnmour05jamhxw_oggkBgNcVz_ekmift2w2rsqe5b2mv4ccm65g3jqdtdvcktai71ahwccp7ywmp4ywnmnwhpj.jpg)
प्रतिक्रिया