सुनको भाउ सामान्य बढ्यो

 नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ता शुक्रबार तोलामा १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४१ हजार ३०० कायम भएको छ ।

यता चाँदीको मूल्य स्थिर रहँदै तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ ।