सिटी सफारीले ठक्कर दिँदा २ वर्षीया बालिकाको मृत्यु

काठमाडौँ, १६ असारः झापाको दमकमा सिटी सफारीले ठक्कर दिँदा २ वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा बालिकाकी आमा गम्भीरु घाइते भएकी छन्।

दमक नगरपालिका–१, बरगाछीमा शुक्रबार मे.१ ह ६४०९ नम्बरको सिटी सफारीले पैदल हिँडिरहेको अवस्थामा काठमाडौँ घर भई हाल दमक–१ मा डेरागरी बस्ने २४ वर्षीय शर्मिला लिम्बू र उनकी दुई वर्षीय छोरी आरुषीलाई ठक्कर दिएको थियो। 

गम्भीर घाइते आमाछोरीलाई उपचारका लागि प्रहरीले लाइफलाइन अस्पताल दमक पु¥याइएको थियो। 

उपचारकै क्रम्मा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घाइते शर्मिलाको सोही अस्पतालमा उपचार भइरहेको छ। 

दुर्घटनापछि सिटी सफारीचालक फरार रहेका प्रहरीले जनाएको छ।