टी-२० विश्वकप जितेका भारतीय क्रिकेट टोलीलाई मोदीकाे बधाई

टी-२० विश्वकपमा दक्षिण अफ्रिकालाई हराएर च्याम्पियन बनेको भारतीय क्रिकेट टोलीलाई त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्।

शनिबार राति भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै १७ वर्षपछि दोस्रोपटक त्यो पनि अपराजित भएर विश्वकपको उपाधि जितेको हो। 

यसमा हर्षित हुँदै भारतका प्रधानमन्त्री मोदीले यो सानो उपलब्धि नभएको बताएका हुन्। उनले भनेका छन्, ‘यो प्रतियोगिता पनि विशेष कारणले सम्झिइनेछ। यति धेरै देश, यति धेरै टोली तर तपाईं (भारतीय खेलाडी) ले एउटै खेल हार्नुभएन। यो सानो उपलब्धि होइन।...धेरै धेरै बधाई र शुभकामना व्यक्त गर्दछु।’