घरेलुले दियो पत्रकारलाई तालिम

घरेलु तथा साना उद्योग कार्यालय खोटाङले जिल्लामा क्रियाशील सञ्चारकर्मीलगायतलाई मोबाइल पत्रकारितासम्बन्धी तालिम दिएको छ । डिजिटल प्रविधिलाई उपयोग गर्दै छिटो, भरपर्दो र प्रभावकारी समाचार सम्प्रेषण गर्ने/गराउने उद्देश्यले तीनदिने तालिम दिइएको हो । 

यही असार १३ गतेदेखि आयोजना गरिएको तालिममा सञ्चारकर्मी, शिक्षक, स्वास्थ्यकर्मी, व्यवसायीलगायत २० जनाको सहभागिता रहेको थियो ।  साना तथा घरेलु उद्योगीलाई विभिन्न तालिम दिने गरेको घरेलु तथा साना उद्योग कार्यालयले जिल्लामा पहिलोपटक पत्रकारसहितलाई तालिम दिएको हो । कार्यालय प्रमुख भेषराज खत्रीले भन्नुभयो,“हाम्रो कार्यालयले अहिलेसम्म पत्रकारलाई तालिम दिएको थिएन, यो नयाँ अनुभव हो । आगामी दिनमा पनि थप ‘एड्भान्स’ किसिमको तालिम आयोजना गर्ने योजना बनाएका छौँ ।”

तालिममा सहभागीलाई आधारभूत पत्रकारिता तालिमसँगै भिडियो तथा अडियो रेकर्डिङ, सम्पादन र प्रसारणका बारेमा सहजीकरण गरिएको प्रमुख प्रशिक्षक भीम राईले जानकारी दिनुभयो । 
घरेलु तथा साना उद्योग कार्यालय खोटाङले यसअघि फोटो तथा भिडियोग्राफीसम्बन्धी दशदिने तालिम पनि उपलब्ध गराएको थियो । 

सरकार र आन्दोलनरत दुग्ध किसानबीच दूधको भुक्तानीका लागि सम्झौता

सरकार र आन्दोलनरत दुग्ध किसानबीच दूधको भुक्तानीका लागि सम्झौता

बजेटले होइन, बेचन झा पक्राउ परेपछि समस्या आयो-कांग्रेस साह्रै डरायो : अर्थमन्त्री बर्षमान पुन

बजेटले होइन, बेचन झा पक्राउ परेपछि समस्या आयो-कांग्रेस साह्रै डरायो : अर्थमन्त्…

सुन तस्करीमा भुक्तानी साधन पेवेल र सजिलो–पे को संलग्नता पुष्टि

सुन तस्करीमा भुक्तानी साधन पेवेल र सजिलो–पे को संलग्नता पुष्टि

डिप्रोक्स नेपालको सहयोगमा ६० हजारले लिए वित्तीय साक्षरता कक्षा

डिप्रोक्स नेपालको सहयोगमा ६० हजारले लिए वित्तीय साक्षरता कक्षा

खेलकुद मन्त्री श्रेष्ठ र दक्षिण कोरियाकी भाइस मिनिस्टर जाङबीच भेटवार्ता

खेलकुद मन्त्री श्रेष्ठ र दक्षिण कोरियाकी भाइस मिनिस्टर जाङबीच भेटवार्ता

मधेस प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन

मधेस प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन

बहुविवाहसम्बन्धी कानून पुरुषलाई मात्रै नभएर महिलालाई पनि समान रूपमा लागु हुनुपर्ने भन्दै सर्वोच्च रिट दर्ता

बहुविवाहसम्बन्धी कानून पुरुषलाई मात्रै नभएर महिलालाई पनि समान रूपमा लागु हु…

नाउपाभित्र अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच आन्तरिक विवाद तीब्र

नाउपाभित्र अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच आन्तरिक विवाद तीब्र