राष्ट्रवादमा मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेक, सरकारले वेवास्ता गरेपछि सडक बनाउन चन्दा उठाउँदै

लिम्पियाधुरा, कालापानी र लिपुलेक भनेपछि काठमाडौंको राष्ट्रवाद उर्लिन्छ। नेपाली भूमि भारतले अतिक्रमण गरेको दशकौं भइसक्यो। ०७७ मा मात्र सरकारले अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर चुच्चे नक्सा सार्वजनिक गरेको थियो। त्यसअघि संसदले संविधान संशोधन गरेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो।


तर, ०७८ मा जनगणना हुँदा यस क्षेत्रको जनसंख्या लिइएन। अतिक्रमण गरेको नेपाली भूभाग नक्सामा समेटिएको भए पनि भारतको कब्जामै छ। यहाँ नेपाली फौज होइन भारतीय सुरक्षा फौज बसिरहेकोछ। यो भन्दा दर्दनाक अवस्था फेरि आइलागेको छ।

कालापानी क्षेत्रमा सडक निर्माणका लागि भन्दा अभियान सुरु गरिएको छ। केन्द्र सरकारले दार्चुलाको खलंगा–तिंकर सडकका लागि पर्याप्त बजेट विनियोजन नगरेपछि ब्यास गाउँपालिकाले देशभरिका स्थानीय सरकार र प्रदेश सरकारसँग आर्थिक सहयोगका लागि अपिल गरेको हो। नेपालतर्फ ब्याँस क्षेत्र जोड्ने पैदल बाटो समेत छैन। छाङरू र तिंकर जाने स्थानीय बासिन्दा भारतीय प्रशासनको लिखित अनुमति लिएर जाने गरेका छन्  व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले सबैको साझेदारीमा देशभरमै पहिलो र नमूना विकास निर्माण गर्ने अभ्यास गरिएको बताए।

रणनीतिक र सामरिक महत्वको सडक निर्माणका लागि आर्थिक सहयोग गर्न अपिल गर्ने निर्णय गाउँपालिकाको १६ औँ गाउँसभाले गरेको हो।  संघ सरकारले खलंगा–तिंकर सडक निर्माणका लागि आगामी आवका लागि ८ करोड ५० लाखमात्रै बजेट विनियोजन गरेको छ। गाउँपालिकाले पनि ५ लाख बजेट विनियोजन गरेको छ। गाउँपालिकाले आर्थिक सहयोग संकलनका लागि ‘दार्चुला–तिंकर सडक निर्माण कोष’ खडा गरेर बैंक खाता सञ्चालन गरेको छ । 

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र जोड्ने सडकका लागि बजेट विनियोजन नगरिएको भन्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले केही दिन अघि मात्र प्रतिनिधिसभाको रोष्ट्रममै मौनधारण गरेका थिए। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले दार्चुलाको रणनीतिक महत्त्वको सडकलाई निरन्तरता दिनका लागि बजेट नछुट्याएको भन्दै मौन धारण गरेका हुन्।

नेपाली सेनाले निर्माणको जिम्मा पाएको दार्चुलाको तुसारपानी, कोठेधार, तिंकर सडकको ७९ किलोमिटरका लागि बजेट विनियोजन नगरेको भन्दै सांसद बडूले बताए। ‘प्रधानमन्त्री र मन्त्रीलाई सँगै राखेर पनि कुरा गरे तर भयो के?  उहाँ (भौतिकमन्त्री महासेठ)लाई यो देशको भूगोलको पनि जानकारी छ कि छैन, शंका हुन थाल्यो,’ उनले भने।

सुन तस्करीमा भुक्तानी साधन पेवेल र सजिलो–पे को संलग्नता पुष्टि

सुन तस्करीमा भुक्तानी साधन पेवेल र सजिलो–पे को संलग्नता पुष्टि

डिप्रोक्स नेपालको सहयोगमा ६० हजारले लिए वित्तीय साक्षरता कक्षा

डिप्रोक्स नेपालको सहयोगमा ६० हजारले लिए वित्तीय साक्षरता कक्षा

खेलकुद मन्त्री श्रेष्ठ र दक्षिण कोरियाकी भाइस मिनिस्टर जाङबीच भेटवार्ता

खेलकुद मन्त्री श्रेष्ठ र दक्षिण कोरियाकी भाइस मिनिस्टर जाङबीच भेटवार्ता

मधेस प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन

मधेस प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन

बहुविवाहसम्बन्धी कानून पुरुषलाई मात्रै नभएर महिलालाई पनि समान रूपमा लागु हुनुपर्ने भन्दै सर्वोच्च रिट दर्ता

बहुविवाहसम्बन्धी कानून पुरुषलाई मात्रै नभएर महिलालाई पनि समान रूपमा लागु हु…

नाउपाभित्र अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच आन्तरिक विवाद तीब्र

नाउपाभित्र अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच आन्तरिक विवाद तीब्र

कांग्रेस र एमालेबीच दुई वर्ष ओली  बाँकी अवधि देउवा प्रधानमन्त्री बन्ने समझदारी

कांग्रेस र एमालेबीच दुई वर्ष ओली बाँकी अवधि देउवा प्रधानमन्त्री बन्ने समझदारी

कुन युवा खेलाडीले रोहित शर्मा, विराट कोहली र जडेजाको स्थान लिन सक्छन्?

कुन युवा खेलाडीले रोहित शर्मा, विराट कोहली र जडेजाको स्थान लिन सक्छन्?