युरो कप २०२४ : इटाली युरो कपबाट बाहिरियाे

 साविक विजेता इटाली युरो कप २०२४ को प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । बर्लिनमा भएको खेलमा स्विट्जरल्यान्ड विरुद्ध २-० ले पराजित भएसँगै इटाली अन्तिम १६ बाटै घर फर्किने भएको हो ।

स्विट्जरल्यान्डका लागि रेमो फ्रिउलार र रुबेन भार्गासले एक एक गोल गरे ।३७औं मिनेटमा भार्गासकै पास नियन्त्रणमा लिँदै फ्रिउलारले स्विट्जरल्यान्डलाई खेलमा अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुवातमा नै भार्गासले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर बनाए । मिचेल एबिसरको पासमा बक्स भित्रबाट उत्कृष्ट फिनिस गर्दै भार्गासले अग्रता दोब्बर बनाएका थिए ।

जित पछि स्विट्जरल्यान्डले क्वाटरफाइनलमा इङ्ल्यान्ड र स्लोभाकिया बीचको खेलको विजेता विरुद्ध खेल्नेछ ।

दोस्रो प्रिक्वाटरफाइनलमा जर्मनी र डेनमार्क बीचको खेल जारी रहेको छ ।