विराट कोहलीले लिए टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Virat_KtOkg6D22l_twbF4jh4Yp_vck4jmdbypubbfmaixmfizynsjxxiquxzva04pmuuzqn0putocsunyxiunoo_55VyNM1skt_8cbnoi87yu8zqysj3c9nhmgmvgdsjo6snqod5yqpqvr4kgh0jmb0kt1dhjhn.jpg)
टी–२० विश्वकपको उपाधि जितेसँगै भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट संन्यासको घोषणा गरेका छन् । फाइनल खेलमा कोहलीले भारतको जितमा नायकको भूमिका खेलेका थिए । उनी प्लेयर अफ द म्याच घोषित भए ।
यसअघि विश्वकपका ७ खेलमा उनको कुल स्कोर ७५ रन थियो । फाइनलमा उनी एक्लैले ७६ रनको इनिङ्स खेलेका थिए ।
फर्ममा फर्किएका कोहलीले आजको खेलम भने ५९ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे । फाइनल खेलमा भारतको सुरुवात भने राम्रो हुन सकेको थिएन ।
कप्तान रोहित शर्मा मात्र ९ रन बनाएर पभेलियन फर्किए भने लगतै ऋषभ पन्त शून्य रन बनाएर आउट भए । सूर्यकुमार यादव पनि ३ रन जोडेर कागिसो राबाडाको शिकार बनेपछि भारत दबाबमा देखिएको थियो । तर, कोहली र अक्षर पटेल मिलेर ५४ बलमा ७२ रनको साझेदारी गरेपछि भारत खेलमा फर्किएको थियो ।
‘यो मेरो अन्तिम टी-२० विश्वकप थियो र हामीले हासिल गर्न चाहेको यही थियो,‘ कोहलीले प्लेयर अफ द म्याचको अवार्ड जितेपछि भने, ’अब नयाँ पुस्ताले जिम्मा लिनेछ ।’
‘एक दिन तपाईंलाई लाग्छ कि तपाई रन बनाउन सक्नुहुन्न, त्यसपछि चीजहरू हुन्छन्। भगवान महान हुनुहुन्छ, र मैले टोलीलाई आवश्यक भएको बेला काम पूरा गरे,’ उनले थपे, ‘अहिले वा कहिले पनि नाई । भारतको लागि अन्तिम टी-२०, यसको अधिकतम बनाउन चाहन्थेँ। कप उठाउन चाहन्थे, जबरजस्ती गर्नु भन्दा अवस्थालाई सम्मान गर्न चाहन्थे। यो एउटा ओपन सिक्रेट थियो । यो अर्को पुस्ताले सम्हाल्ने समय हो, केही उत्कृष्ट खेलाडीहरूले टोलीलाई अगाडि बढाउनेछन् र झण्डा उचो फहराइरहनेछन्।’
कोहलीले आफ्नो १२५ म्याचको टी-२० अन्तर्राष्ट्रिय करियरलाई भारतको दोस्रो उच्च रन स्कोररको रूपमा समाप्त गरे । उनले ४८.६९ को औसत र १३७.०४ को स्ट्राइक रेटमा ४ हजार १८८ रन बनाए ।
![पञ्चैबाजा संरक्षणमा जुटे तुलसीपुरका महिला](https://snowberry.prixacdn.net/media/gallery_folder/gggggggggggggg_2dqTira6NT_ssogp7eyhtfwssqammhsgjrw1aimwbe8hctsynpbwqfviwpticff3ez5l0l4_1cv64ml6KO_5wnry8kpw20srblyvxmhiloeykn8iubmuicaqiu5fmvunavwa2uawmvnxszl.jpg)
पञ्चैबाजा संरक्षणमा जुटे तुलसीपुरका महिला
![सरकार र आन्दोलनरत दुग्ध किसानबीच दूधको भुक्तानीका लागि सम्झौता](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-02%2520055458_rcHYM4YIU9_tvolbc2bcovrllaiyouyj0jsgs3zzrrgixe1wmgf94nvauxbzhecnagmjoh1_tybI2pxHfY_rcuk8dtzkgu8ycygctcspo7i1bon6aolizhzo1qiao2qqpcxz5ibupugyjwc.png)
सरकार र आन्दोलनरत दुग्ध किसानबीच दूधको भुक्तानीका लागि सम्झौता
![बजेटले होइन, बेचन झा पक्राउ परेपछि समस्या आयो-कांग्रेस साह्रै डरायो : अर्थमन्त्री बर्षमान पुन](https://snowberry.prixacdn.net/media/gallery_folder/barsaman-pun_kDzBONNZlG_mpoydap7mnt69ojm10puapaqdbnci5aqd5mk3yxlbz3gtj8joh2sdtmxg8rj_At4FeIY95X_m1etc3hw2xpdophj9nx3xqyhmpyux5dwobyfitqze4g6nw2n9z3lkputzzqr.jpg)
बजेटले होइन, बेचन झा पक्राउ परेपछि समस्या आयो-कांग्रेस साह्रै डरायो : अर्थमन्त्…
![सुन तस्करीमा भुक्तानी साधन पेवेल र सजिलो–पे को संलग्नता पुष्टि](https://snowberry.prixacdn.net/media/gallery_folder/sajilo-paywell_r3pJ6UnOiF_qbbwoyhye2dqqxlojqd0ltcovzflkayml7jjdqlg7nujhrow99tobstwngqf_Cma8P0hxQ8_divzcqytkvzcsv9ydeujlyrtewem53i7kepgklpxjlvr2vfrad26kqgn7o76.jpg)
सुन तस्करीमा भुक्तानी साधन पेवेल र सजिलो–पे को संलग्नता पुष्टि
डिप्रोक्स नेपालको सहयोगमा ६० हजारले लिए वित्तीय साक्षरता कक्षा
![खेलकुद मन्त्री श्रेष्ठ र दक्षिण कोरियाकी भाइस मिनिस्टर जाङबीच भेटवार्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/biratbhakta-shrestha-korea-_vV216o45D7_rhwc3hqq6tu0v6aekmuonvnws9s5r7dughvv1xpsvuvurv0q73xmg88jqfnn_je2Zva9ddi_adn4pdebaw1ltgal7nmdszepuyzaivc7i6wrbd83dj8gsde5akrxrwxiralb.jpg)
खेलकुद मन्त्री श्रेष्ठ र दक्षिण कोरियाकी भाइस मिनिस्टर जाङबीच भेटवार्ता
![मधेस प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/madhesh%2520cm-police_HzICKQt9xU_abqxk0yiuhpwh6m0nn5trseotuqfqtiefvniqflt2z14tgkkztor8ifxlzcn_CTqfM6mAOT_rufwflwqiujlmsn93n9qto3oafi3xhgebsuab0pd00s3veepnysj6orjjjga.jpg)
मधेस प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन
![बहुविवाहसम्बन्धी कानून पुरुषलाई मात्रै नभएर महिलालाई पनि समान रूपमा लागु हुनुपर्ने भन्दै सर्वोच्च रिट दर्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/SArbochha-adalkat_j4KSDC7NiX_vdhb835l7u710bt89heulnkwcicdjhu4b1ny1f1tiyeonrkbvqcconcujj3y_kTkpDbmVfp_ecz58bmjxwwwr2rvfwgvz1fi5jexcoalak3hcsampxkqk1ey73s4zqkveaas.webp)
प्रतिक्रिया