टी–२० विश्वकप : भारतले दक्षिण अफ्रिकालाइ दियाे १७७ रनकाे लक्ष्य

आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतले दक्षिण अफ्रिकाविरुद्ध जितका लागि १ सय ७७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

वेस्ट इन्डिजको व्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल तयार पारेको हो। 

पाचौँ विकेटका लागि विराट कोहली र शिवम दुवेले ५७ रनको साझेदारी गर्दै भारतलाई विशाल योगफलतर्फ डोर्याएको थिए।

ओपनर विराट कोहली ७६ रन बनाउँदा क्याच आउट भए। ५९ बलमा ६ चौका र २ छक्का हानेका कोहली १८.५ ओभरमा मार्को जानसेनको बलमा कागिसो रवाडाको हातबाट क्याच आउट भए। कोहलीले ४८ बलमा ४ चौका र सहयोगमा अर्धशतक पूरा गरेका थिए। 

शिवम दुवे २७ रनमा क्याच आउट भए। १६ बलमा ३ चौका र १ छक्का हानेका दुवे अन्तिम ओभरको चौथो बलमा एनरिच कोर्टेजको बलमा क्याच आउट हुन पुगे। 

पावर प्लेमा नै ३ विकेट गुमाएको भारतका लागि चौथो विकेटका लागि विराट कोहली र अक्षर पटेलले ७२ रनको साझेदारी गर्दै टोलीको इनिङस् उकासेका थिए। 

भारत एक समय ४.३ ओभरमा ३–३४ को अवस्थामा थियो। ३१ बलमा १ चौका र ४ छक्का हान्दै ४७ रन बनाएका पटेल १३.३ ओभरमा रन आउट भए। 

भारतले दोस्रो ओभरमा नै महत्वपुर्ण २ विकेट गुमायो। दोस्रो ओभरको चौथो बलमा कप्तान रोहित शर्मा ९ रन बनाउँदा केशव महाराजको बलमा क्याच आउट भए।

सोही ओभरको अन्तिम बलमा रिसभ पन्त महाराज कै बलमा शुन्य रनमा नै आउट भए। सुर्य कुमार यादव ३ रन बनाउँदा कागिसो रवाडाको बलमा क्याच आउट भए।