गण्डकी प्रदेशसभा सदस्य फणिन्द्र देवकोटा पुनः मन्त्री बन्ने,आइतबार शपथ लिने

नेपाल समाजवादी पार्टीका गण्डकी प्रदेशसभा सदस्य फणिन्द्र देवकोटा पुनः मन्त्री बन्ने भएका छन् । देवकोटालाई पुरानै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी प्रदान गर्न लागिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

देवकोटा यसअघि मन्त्री बनेको तीन दिनमै पदमुक्त भएका थिए । कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि नेकपा माओवादी केन्द्रले उनलाई कारबाही गरेको छ । गण्डकी प्रदेशमा माओवादीकै कृष्ण धिताल सभामुख भएकाले उनले देवकोटालाई पदमुक्त गरेको थिए । 

पार्टीको ह्विप नमानेको भन्दै जेठ ३२ मा माओवादीले कारबाही गरेपछि देवकोटा सर्वोच्च अदालत पुगेका थिए । गत सोमबार सर्वोच्चले उनीमथि कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । 

देवकोटाको प्रदेशसभा सदस्य पद कायम रहेपछि उनलाई पुनः मन्त्री बनाउन लागिएको हो । मुख्यमन्त्रीले उनलाई आइतबार बिहान शपथ खुवाउने तयारी गरेका छन् । 

गण्डकीका प्रदेश प्रमुख कार्यालयका डिल्लीराज भट्टले आइतबार बिहान साढे १० बजे नेपाल पर्यटन बोर्डको सभाहलमा शपथ खुवाउने गरी तयारी छ ।