टी-२० विश्वकप २३ रनमा भारतले गुमायो दुई विकेट

 दक्षिण अफ्रिकाविरुद्ध टस जितेर ब्याटिङ थालेको भारतले कप्तान रोहितलाई नौ रनमा गुमाएको छ। भारतले २ ओभरमा २ विकेट गुमाएर २३ रन बनाएको छ। यस्तै ऋषभ पन्त दुई रनमा आउट भए।

वेस्ट इन्डिजको बारबाडोसमा भारतका कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ रोजेका थिए। टी-२० विश्वकप खेलमा पहिलो पटक फाइनलमा स्थान बनाएको दक्षिण अफ्रिका भारतलाई पराजित गर्दै इतिहास रच्ने लक्ष्यमा छ।