बाराबाट गाँजासहित दुई पक्राउ

बाराबाट दुई क्वीन्टल एक केजी गाँजासहित  पिकअप चालक र सहचालकलाई पक्राउ गरेको छ।

सिम्रौनगढ नगरपालिका वडा नं. ५ ठूलो इट्टवालका मनोजकुमार साहको घरमा लुकाइ राखेको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ। गाजा ओसारपसारमा प्रयोग भएको बागमती प्रदेश ०१–०२९ च ६७५२ नम्बरको पिकअप गाडी र त्यसका चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पिकअप चालक धादिङको निलकण्ठ नगरपालिका वडा नं. ८ बस्ने सुजन अधिकारी र सहचालक धादिङकै ज्वालामुखी गाउँपालिका वडा नं। १ बस्ने रमेश नेपाली रहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।