पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ : विप्लव
![](https://snowberry.prixacdn.net/media/gallery_folder/_117513783_biplab_zF2YSR4ayH_dqytpjt2eaojmqxtwlz5eqsoe0dbyhariylrhctvypxrx22ecjdxkpdqzbws_qzi5waFVrl_cuapo3waqr4k2haoohu0djrsa17tl5xrfh1hmix7e1mtjiaqtywgqmwi9u0y.jpg)
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्व. पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन् ।
शनिबार काठमाडौँमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै चन्दले पुष्पलाल नेपालको राजनीतिक राष्ट्रिय विभूति हुन् भन्नेमा कम्युनिस्टहरू सबै सहमत रहेको बताएका हुन् । उनले मार्क्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिस्ट पार्टीको जन्म भएको बताउँदै अहिले सन्तानका रूपमा नेपालमा धेरै कम्युनिस्ट पार्टीहरू रहेको जिकिर गरे । उनले सामन्तवादको विरुद्धमा सङ्घर्ष र साम्राज्यवादी शक्तिहरू विरुद्धको सङ्घर्षमा पुष्पलालले आफ्नो जीवन व्यतीत गरेको बताए ।
उनले भने, ‘मार्क्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिस्ट पार्टीको जन्म भयो । त्यो कम्युनिस्ट पार्टीका सन्तानका रूपमा आज नेपालमा लाखौँ, लाख श्रमिक जनता खडा छन्, यो पुष्पलालको विशेष योगदान हो । पुष्पलालले दुई वटा प्रवृत्तिको विरुद्धमा निरन्तर सङ्घर्ष गर्नुभएको छ । त्यो नेपालको राजनीतिमा कहिल्यै नबिर्सिने कुरामा रहन्छ । खास गरी सामन्तवादको विरुद्धमा सङ्घर्ष र साम्राज्यवादी शक्तिहरू विरुद्धको सङ्घर्ष यो दुई वटा सङ्घर्षमा पुष्पलालले आजीवन निरन्तर नेपाली जनताको पक्षमा योगदान दिनुभएको छ । वैचारिक सङ्घर्षमा पुष्पलालले विभिन्न थरी विसर्जनवादको विरुद्धमा झन्डा उठाउनुभएको छ र लड्नुभएको छ । पुष्पलाल नेपालको एउटा राजनीतिक विभूति हो भन्नेमा हामी सबै सहमत भएका छौँ । पुष्पलाललाई राष्ट्रिय विभूति भन्नु उचित हुन्छ भन्नेमा हाम्रो पार्टीको समर्थन छ ।’
!['युवा पलायन रोक्न उद्यमशीलताको विकास आवश्यक छ'](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG-1_fwuv7sBOo1_kezt2fkmjn3d9k2qobhpyxagmd0pg90g43xvbao34lz2jc4uuxo9iqyaejhp_HOJKSkARsX_zaaggwjeg7o405cxbvpdusy0o5ntsddx6e8nozewdcsaaog0kt16ebxtjk27.jpg)
'युवा पलायन रोक्न उद्यमशीलताको विकास आवश्यक छ'
![कांग्रेसका सांसद सुनिल शर्मासँग सरकारी वकिल कार्यालयले बयान : प्रमाणपत्रमा अख्तियारबाट ‘क्लिनचिट’ पाइसकेँ](https://snowberry.prixacdn.net/media/gallery_folder/sunil_sharma_1691663616_gKbpzpaQuM_dvogltmws7zzm6xanvpa3o6xl3u7eior6jqpuucqjhnllpim5fd7gblvb2lj_mt8wcopDR1_tvooeamegovcaaovwdwvfz4vk19scv6guuvtzqrovkn7tnd0zfa31ihelbbd.jpg)
कांग्रेसका सांसद सुनिल शर्मासँग सरकारी वकिल कार्यालयले बयान : प्रमाणपत्रमा अ…
![अहिलेको गठबन्धन लामो समय टिक्ने : प्रधानमन्त्री ‘प्रचण्ड’](https://snowberry.prixacdn.net/media/gallery_folder/manjil_1IavCifDDh_v1oyjithdv0a9ix6xpn70bszfqjppajtpozhizj6yhpevxcgb900ytknefwi_8SM7t5BceH_p9e8rdwtywfizumsld0gydpf2ehoy2o40cmcpbnoqaquiyruwnjls7bhzcxy.jpg)
अहिलेको गठबन्धन लामो समय टिक्ने : प्रधानमन्त्री ‘प्रचण्ड’
![राष्ट्रहितलाई केन्द्रमा राखेर भू-राजनीति अवस्थाको विश्लेषण जरुरी: उपप्रधानमन्त्री श्रेष्ठ](https://snowberry.prixacdn.net/media/gallery_folder/nk%2520shrestha1677758062_sf8Wou4HdB_ynx5rtjj8j0fztocpptcmjlv5ttvm2yh1ozknbiaunmudncgrclvsaivscw0_NQ1chH1tqr_3i1weyuekiah2jzokbhr2wvp0udkc3grdgeuyqeqnbgja7igz5y1rurjeuig.jpg)
राष्ट्रहितलाई केन्द्रमा राखेर भू-राजनीति अवस्थाको विश्लेषण जरुरी: उपप्रधानमन्त्री…
![धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्दविरुद्ध प्रतिस्पर्धी उम्मेदवार श्रेष्ठले गरे सर्वोच्चमा रिट दायर](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbochcha-adalat_SXH9dYOsc4_fas5t92g4aifjk9mnfkvfdu2habwfcgotg2rnpkux57sofmkytqrl00b1ciy_Qk12mCvMt0_gz5ctpeqswlwgeae3iaa0lwm2jtktqwc5kw327senttprbckbbuqut8iytsk.jpg)
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्दविरुद्ध प्रतिस्पर्धी उम्मेदवार श्रेष्ठ…
![बागमती नदीमा एक जना पुरूषको शव फेला](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
बागमती नदीमा एक जना पुरूषको शव फेला
![कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवाविरुद्ध अख्तियारले गर्याे सर्वोच्च अदालतमा रिट दायर](https://snowberry.prixacdn.net/media/gallery_folder/tek_bahadur_gurung_LRq9leqHTC_iaVxS08Wdp_hewdz5pq0ko8d6zfetpm75zv0r60y6bnjjhgt9cdwkwd1rqwh6plvsbsqabo_GdOmN7ScH9_bmzvcd5ainzmbxmqxjcecbsavgmpawm5p0zsbnkzihttkq5s6d8lio5pwar0.jpg)
कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवाविरुद्ध अख्तियारले गर्याे सर्वोच्च अदालतमा…
![पश्चिम बंगालमा युवा जोडीलाई सार्वजनिक रूपमा कुटपिट](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-01_18-49-23-656_O6SzjxOxNx_wakltx0cetaxm9xpll5vbphne2atr3meyyez8hh2mt30chqwka2mx1z3w1nt_TEhgSAcrDu_a1v50cew9oxofyvckodlnfq1yjgiopeqjyakyatxdkekwdelbxavskszt3ga.jpg)
प्रतिक्रिया