गर्मीमा ज्येष्ठ नागरिकलाई छाता उपहार
![](https://snowberry.prixacdn.net/media/gallery_folder/krishnapur_nagarpalika_kanchanpur2022-10-18-02-39-41_JZrLcNW1Sh_yrs40dwpma5ymfkedtqpjkxp20f4vuz8g1uyvkaqvfxmm2jxl4jgc1hh5ttj_G9CkjlGVGS_htnu7klqawlcktedqcqvedrycgdz21nzpjcpwbt0dh5edgyy6mtb0n6rhi7t.jpeg)
काठमाडौँ, १५ असार : कृष्णपुर नगरपालिका–२ का एक सय आठ जना ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई आज छाता उपलब्ध गराइएको छ । वडा कार्यालयको चालु आवको स्वीकृत रू एक लाख बजेटबाट छाता खरिद गरी ज्येष्ठ नागरिकसँगै २५ जना पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई छाता प्रदान गरिएको हो ।
“घाम पानीका बेला छाता ओडेर गन्तव्यमा जानका लागि र वर्षातका बेला नागरिक सुरक्षा भत्ता बुझन जाँदा सहजता होस् भनेर ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई यस वर्षको बजेटबाट छाता खरिद गरेर दिएका छौँ”, वडाध्यक्ष अर्जुन साउदले भन्नुभयो, “अर्को वर्ष छडी, रेडियो टर्चलाइट दिने योजना छ, गएका वर्षहरूमा न्यानो कपडा, कम्बललगायत ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई उपलव्ध गराएका थियौं ।”
ज्येष्ठ नागरिक समाजका गहना भएकाले राष्ट्र निर्माणमा उहाँको अहंम भूमिका रहेको चर्चा गर्नुहँुदै उहाँले ज्येष्ठ नागरिकलाई पारिवारिक वातावरणमा रमाउने कार्यसँगै माया र हौसला दिनुपर्ने बताउनुभयो ।
“पूर्ण शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई यसअघि ह्विल चेयर घरमै पुगेर प्रदान गरिएका छौँ”, उहाँले भन्नुभयो, “ह्विल चेयरको आवश्यकता भएका अरूलाई आउँदो बजेटमा व्यवस्था गरी दिन्छौँ ।”
वडाका सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरूले पहिले भत्ता बुझ्नकै लागि वडा कार्यालय र नगरपालिका कार्यालय धाउनुपर्ने अवस्था थियो । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूले निकै सास्ती खेप्नु पर्दथ्यो ।
त्यही असुविधालाई ध्यान राखेर टोल टोलमै भत्ता उपलव्ध गराउने, सोही ठाउमा परिचय पत्र नविकरण गर्ने कार्य संगै स्वास्थ्य विमा निःशुल्क रूपमा गर्ने व्यवस्था मिलाईएको वडा अध्यक्ष साउदले बताउनु भयो ।
यो कार्यसँगै भत्ता बुझन आएका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य जाँच गरी चिकित्सकीय परामर्श र निःशुल्क रूपमा औषधि उपलब्ध गराउने कार्य गरिँदै आएको वडाध्यक्ष साउदको भनाइ छ । दृष्टीविहीन करनसिंह साउदले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क रूपमा प्रदान गर्दै आएको सेवाबाट निकै खुसी रहेको बताउनुभयो ।
“स्थानीय तहमा जनप्रतिनिधि चुनिएर आएपछि घरदैलोमै सेवा पाएका छौँ”, उहाँले भन्नुभयो, आत्मनिर्भर बनाउनका लागि आयमूलक तालिम पाइएको छ, न्यानो लुगा, कम्बल, छाता लगायतका सामान प्रत्येक वर्ष पाएका छौँ, स्थानीय जनप्रतिनिधि प्रति आफनत्व बढेको छ ।”
![यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन : अध्यक्ष ओली](https://snowberry.prixacdn.net/media/gallery_folder/oli_gc4c9gLIDA_24qywfrxrl93e3ekwqj7dovq22i1a02mejq1nl2vdcbnntlb4fcj7mf1muu6_mdvTIrUNvX_2ttx7hgpvtlar2osicmiikqnhfrgvgyd15tc1qzzbkv4egnrdej1jv4sgtpg.jpg)
यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन : अध्यक्ष ओली
![सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालयमा आगलागी](https://snowberry.prixacdn.net/media/gallery_folder/capture_thRVvAY4VQ_p53XbFGFT8_pnvudom0zjikajmzs3zadmterfg1f8pn3qobonivfapnmihzxippfffl5gb2_Kmh6iQzrMX_lnq1s2sazkuvlqbi5n1h66mmgpc12zodfqu0xncn6npxsdbbztv2t8bnhbm7.jpg)
सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालयमा आगलागी
![भारतले ‘ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ को आयोजना गर्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/IndiaAI-Mission-is-India-to-host-Global-India-AI-Summit-2024-in-New-Delhi-2024-07-944edaaea3579486b0f9b65c7fa4a2c3-1200x675_OWlg2qNfqY_nqqqfkv710pybke7y4lkrfyh6jyuafg89qvpj3wm93gfgoinnwtdpv9o4wjy_uhzg74Xd6b_qnsumi3lgqpsl4olsimmxab1g5mwxcltutht8x1rwbjfddcmmbcmmpoka9zl.webp)
भारतले ‘ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ को आयोजना गर्दै
![आफ्ना मन्त्रीहरूलाई ओलीले बोलाए बालकोट](https://snowberry.prixacdn.net/media/gallery_folder/kp-oli2024-07-01-04-24-50_3bNLh6BK4P_p23dip7wggerrj8wyjcoc5a1pjufp16kp7bqhkt9zqjnqevf6yyi3nq7ibvm_j8YFAXmdis_cdhxzue6cbywexwhi751moqatgyu7icutv58kns7rizomyuyjdhodhxq9ams.jpeg)
आफ्ना मन्त्रीहरूलाई ओलीले बोलाए बालकोट
![फेसबुकमार्फत चिनेकी साथीको घरबाट सुनको गरगहना र २९ हजार रुपैयाँ नगद चोरी गरेको आरोपमा एक महिला पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/dipa_thapa_d8FBzIQ8Zk_5y1QmhPPrs_aqnzx2ynyevbgwdn13prjnkjokedtmjfjbkshh4wpo3swbvaif0mg9bxokir_4VLrN86de1_clswuyq9chvpwskgtkadcpzycaleprjhqv1grtgqbsohlosxkauwtrlixpwn.jpg)
फेसबुकमार्फत चिनेकी साथीको घरबाट सुनको गरगहना र २९ हजार रुपैयाँ नगद चोरी …
![खुट्टाले लेखेर एसइई उत्तीर्ण](https://snowberry.prixacdn.net/media/gallery_folder/umesh%25201%2520(1)_zDE9PbmMyG_9a7mbkharocsyrmvp77z6isfmhjqmmk0rekot6xzilbws6dotq9oafaoj40v_hMbVXc3mja_mrdnyvls9pl2ul7lfsnt9amtn9td0tma02a84goy0abfrqri5ee943mozkgn.jpeg)
खुट्टाले लेखेर एसइई उत्तीर्ण
![म्याग्दीका किसान टिम्मुरखेतीतर्फ आकर्षित](https://snowberry.prixacdn.net/media/gallery_folder/ds-galeshower-huide-aalu-kheti-1-scaled-e1704427621719_vVXFyrHdxi_ujn1jkmq1wluqpzwb9vk6uz31vruncspptkbg2oc2vgi3eqardly4926mv8t_th3146J5aS_1lzglwltghch37umjtuewuk09cdtgzfvjbscyhmw8muy4wsi47uzbb5tv2wk.jpg)
म्याग्दीका किसान टिम्मुरखेतीतर्फ आकर्षित
![दाङमा ११ महिनामा ९२ जनाको मृत्यु, सवारी दुर्घटना रोक्न ट्राफिक प्रहरी सक्रिय](https://snowberry.prixacdn.net/media/gallery_folder/download%2520(1)_iXwjHnHCBk_bhwrmqvsugc46mteeeu08sodpr686uqc28ww0huyriny7sztsswj2lfpew3r_bNQ2IPByZA_wj0vligcoaqrrwamtfdhja7t25tomtnwn3q8a9mezbumzk2pm9usgwwm3pnh.jpeg)
प्रतिक्रिया