गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु

  गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

जिल्लाको मालिका गाउँपालिका– ६ अर्जै कँडेलपाटाका भेषबहादुर बिकको घर पहिरोले पुर्दा भेषबहादुर, उनकी श्रीमती, जेठी बुहारी र दुई नातिनीको मृत्यु भएको हो ।

भेषबहादुरका तीन छोरा यतिबेला रोजगारका लागि भारतमा छन् । यता उनीहरुको घरपरिवार नै सखाप भएको छ । भारतमै रहेका जेठा छोर बिमल बिकले बाबुआमासहित श्रीमती र दुई छोरी पहिरोमा गुमाएका छन् ।

 

माइला छोरा सुवास बिककी श्रीमती रोजगारकै लागि भारतमै थिइन् । कान्छा छोरा कृष्ण बिक अविवाहित हुन् । रोजगारीको सिलसिलामा तीन छोरा र एक बुहारी भारतमा रहेका बेला यता भेषबहादुरका पाँच जनाको परिवार पहिरोमा पुरिएका हुन् ।