वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट
![](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG-20240629-WA0049_DvdwO9J6Tw_vxfaezpbijj3ndrwggj4w3gmbqnez27dmxwmuwrw7mk2cyxmwcdaw42dgnot_r0iAjk1OX0_d8mvglxef14poefeuj2s8uavgh8podl5toel3ubetrdgwaigw8jqnifsdjcs.jpg)
काठमाडौँ, १५ असार : आगामी साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन प्रणालीबाट हुने भएको छ ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार साँझ विदेशस्थित नेपाली नियोगका प्रमुख तथा कर्मचारीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिँदै सोहीअनुरुप गर्न निर्देशन दिनुभयो हो ।
नयाँ व्यवस्थाअनुसार रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजाने नियोगसमक्ष पेस गरेका कागजात साउन १ गतेदेखि अनलाइनबाटै प्रमाणीकरण हुने भएकाले सेवाप्रवाह प्रभावकारी हुने छ ।
सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा यस सेवालाई आबद्ध गरी नयाँ व्यवस्था लागू गर्न लागेको हो । खाड़ीमुलुक एवं मलेसियालगायत नेपाली कामदार माग हुने अन्य देशमा रहेका नेपाली राजदूतावासले साउन १ गतेदेखि मागपत्र प्रमाणीकरण अनिवार्यरुपमा अनलाइनमार्फत गर्नुपर्ने बताउँदै परराष्ट्रमन्त्री श्रेष्ठले भन्नुभयो, “सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने सरकारको नीति अन्तर्गत यो व्यवस्था लागू गरिएको हो । अनिवार्य रूपमा लागू गर्नुअघि नै नयाँ प्रणालीसँग अभ्यस्त हुन आजैदेखि परीक्षण थाल्नु उपयुक्त हुन्छ ।”
परराष्ट्रमन्त्री श्रेष्ठले समस्यामा परेका नेपाली नागरिकको खोजतलास, उद्धार, ज्यान गुमाएकाको शव झिकाउने, राहत एवं क्षतिपूर्ति, गुनासो सम्बोधनलगायत अनलाइन सेवालाई सबै नियोगले अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिनुभयो ।
![बालयौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan_4-1704875865_i1Gs1SQwYu_hzdwqanbsfavsqntvjysi36mfdzrwqcbqxw1vgksao26xsrzi91i5fjjy1g5_LnWC4aHauT_1pcvznb3fgi5zd7v9mrswkjtrx4qkxywr8tlpz1nd0lyrpmk0vkv2hoc19to.jpg)
बालयौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय
![जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण](https://snowberry.prixacdn.net/media/gallery_folder/H-3-rocket_itIvBc44Gu_g7nj3ckreqbd0xu7sb03w5dn2lcmr3mnmfpmrtro2gzp1a434m0egr5w8rpy_6huaZLyTO3_xrv5ol1zpzlt3vt4opqkynt0ukq37wpbptdtzq2opsibmifsm5p2aqjimw0f.webp)
जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण
![यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन : अध्यक्ष ओली](https://snowberry.prixacdn.net/media/gallery_folder/oli_gc4c9gLIDA_24qywfrxrl93e3ekwqj7dovq22i1a02mejq1nl2vdcbnntlb4fcj7mf1muu6_WOpVn1CKwh_ey2mywwam4fhc9vzhn8srcievfhqtomlsz8mxyauhjufvl67qck9cz7r3cds.jpg)
यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन : अध्यक्ष ओली
![सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालयमा आगलागी](https://snowberry.prixacdn.net/media/gallery_folder/capture_thRVvAY4VQ_p53XbFGFT8_pnvudom0zjikajmzs3zadmterfg1f8pn3qobonivfapnmihzxippfffl5gb2_3E3YPXMnPN_ka23ikotkzwohb5kttgwngy6ofzt4bk7ft4bs4trea4hgmq5bun9krtqc1ri.jpg)
सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालयमा आगलागी
![भारतले ‘ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ को आयोजना गर्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/IndiaAI-Mission-is-India-to-host-Global-India-AI-Summit-2024-in-New-Delhi-2024-07-944edaaea3579486b0f9b65c7fa4a2c3-1200x675_OWlg2qNfqY_nqqqfkv710pybke7y4lkrfyh6jyuafg89qvpj3wm93gfgoinnwtdpv9o4wjy_pK6NHe1Vpr_lau97kpxpzgu4umdjfsdiflzh622saaavzwk0ttvvyrohchvfdahrtkrv0k9.webp)
भारतले ‘ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ को आयोजना गर्दै
![आफ्ना मन्त्रीहरूलाई ओलीले बोलाए बालकोट](https://snowberry.prixacdn.net/media/gallery_folder/kp-oli2024-07-01-04-24-50_3bNLh6BK4P_p23dip7wggerrj8wyjcoc5a1pjufp16kp7bqhkt9zqjnqevf6yyi3nq7ibvm_CZevPywe4x_fbgfa9dglmdjiiwwgxszaveblvbkefsqy8dcnpqqoiwtfa3exfeh68rm0mgl.jpeg)
आफ्ना मन्त्रीहरूलाई ओलीले बोलाए बालकोट
![फेसबुकमार्फत चिनेकी साथीको घरबाट सुनको गरगहना र २९ हजार रुपैयाँ नगद चोरी गरेको आरोपमा एक महिला पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/dipa_thapa_d8FBzIQ8Zk_5y1QmhPPrs_aqnzx2ynyevbgwdn13prjnkjokedtmjfjbkshh4wpo3swbvaif0mg9bxokir_IGOMpSDZf2_uagjg0oyeo5dok8cckko27sqbx6nsv6gngmf4uizp869z4qgan4ahxijq9la.jpg)
फेसबुकमार्फत चिनेकी साथीको घरबाट सुनको गरगहना र २९ हजार रुपैयाँ नगद चोरी …
![खुट्टाले लेखेर एसइई उत्तीर्ण](https://snowberry.prixacdn.net/media/gallery_folder/umesh%25201%2520(1)_zDE9PbmMyG_9a7mbkharocsyrmvp77z6isfmhjqmmk0rekot6xzilbws6dotq9oafaoj40v_PlhKPARgL3_lxseplxoffim2ecagmjsdyzfbaee3wopr2cjjll14v7jibpho2pm0nnvq2i4.jpeg)
प्रतिक्रिया