डडेल्धुरामा सब-ओभरसियरले आफ्नै घाटी चक्कुले रेटेपछि…

डडेल्धुरामा सब-ओभरसियरसमेत रहेका एकजनाले आफ्नै घाटीमा चक्कुले रेटेका छन्। हिजो (शुक्रबार) डडेल्धुराको अमरगढी नगरपालिका-५ का ४५ वर्षीय डम्मरबहादुर भट्ट (सन्तोष)ले आफ्नै घाँटीमा चक्कुले रेटेका हुन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख (डीएसपी) दीपक कार्कीले घाँटी रेटिएको अवस्थामा डम्बरबहादुर घर नजिकैको जंगलमा फेला परेको जानकारी दिए।

उनका अनुसार डम्बरबहादुर हिजो बेलुकादेखि हराएकोमा आज बिहान घर नजिकैको जंगलमा घाँटी काटेको अवस्थामा फेला परेका थिए। यस्तै टनास्थलमा चक्कु पनि फेला परेको छ।

हिजो बेलुका ६ बजेदेखि हराएका उनी खोजतलासका क्रममा बिहान फेला परेका थिए।

त्यसपछि उनलाई जिल्ला अस्पतालमा लगिएकोमा अहिले धनगढी रेफर गरिएको छ। धनगढीमा पनि अहिले उपचार सम्भव नहुने देखिएपछि काठमाडौं लैजाने तयारी भैरहेको बताइएको छ।

प्रहरी स्रोतका अनुसार उनी डिप्रेसनको बिरामीसमेत थिए। त्यस्तै उनले औषधि सेवन पनि गरिरहेको बताइन्छ।