राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता : गण्डकी तेस्रो स्थानमा

गण्डकी प्रदेशले सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा शनिबार सम्पन्न महिलातर्फ तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले कोशी प्रदेशलाई ३-१ को सेटमा पराजित गरेको हो।

पहिलो सेट २५-१६, दोस्रो १५-२२ ले आफ्नो पक्षमा पारेको गण्डकीले तेस्रो सेट २०-२५ ले गुमायो। त्यसपछिको सेट २५-१६ ले आफ्नो पक्षमा पार्दै गण्डकी तेस्रो स्थान हासिल गर्न सफल भयो।

सेमिफाइनलमा लुम्बिनीसँग गण्डकी र बागमतीसँग कोशी प्रदेश पराजित भएका थिए।