गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-06-29%2520092411_tlaxgUZilH_hpkxp2crw4f9w0w8ta3vi95tbommmknxiggtflinuxlki62pvunts8rm2iah_3zpDoiDiHg_bbnyiaswzjucmldnmog93gh9n4h8avshdb437cxbbx90pn9yrjgthq4th9dn.png)
काठमाडाै, १५ असार : गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् ।
मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र दुई वर्षीया विपना पहिरोमा पुरिएका हुन् ।
पहिरोमा पुरिएकामध्ये भेषबहादुर, सीता र सपनाको शव फेला परेको छ । सुन्तली र विपनाको अवस्था भने अज्ञात छ । इस्मा प्रहरीचौकीबाट उद्धारका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ । स्थानीयको सहयोगमा अहिले प्रहरीले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेको मालिका–६ का वडाध्यक्ष दीपक भण्डारीले जानकारी दिनुभयो । सदरमुकाम तम्घासबाट पनि नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
![कांग्रेसकी नेतृ आरजुले नौवटा टेलिभिजनविरुद्ध दिइन प्रेस काउन्सिलमा उजुरी](https://snowberry.prixacdn.net/media/gallery_folder/arju-deuba_rgyd14aFvv_ur1q7o4waemcxc0jlpc49zmnjswvrflesqjmx4bz0fmllqdn9tv00vvo6dfa_U249zhBZTT_hfdecz0pdqfintarhchknyoxjnkrqqd5klds42ot9tpgfsqm0uxmeylu9eqp.jpg)
कांग्रेसकी नेतृ आरजुले नौवटा टेलिभिजनविरुद्ध दिइन प्रेस काउन्सिलमा उजुरी
![सीआईबी प्रतिवेदन-५ वटा डमी कम्पनीबाट ३० अर्ब बढीको अवैध सुन तस्करी](https://snowberry.prixacdn.net/media/gallery_folder/cib-gold-police-nepal-newsgriha1691339502_FuQLzJRoYz_lcibwrnxvvszqzswjyzxkjbzz71tjviro3mr44t7bz3cuo8dajnwvptcd3pa_p30VZiSSsu_bqez7jegkllxhfngqdw9hykk0kmfpyq2kc3zfmoiwgdtyqcmsc7etqmpouhx.jpg)
सीआईबी प्रतिवेदन-५ वटा डमी कम्पनीबाट ३० अर्ब बढीको अवैध सुन तस्करी
![प्रधानमन्त्री प्रचण्डसँग तीन घण्टाकाे छलफल पछि बालुवाटारबाट निस्किए ओली](https://snowberry.prixacdn.net/media/gallery_folder/oli-prachanda_qG5loX2eQk_4s9d7hrtjy5zj5qc7pr4ayjxxa8f8g5q2i9qbs5ddbb2vq3sahffps2hv8ft_5h1WXP7sHd_bfbfpclsyrsxhnlj9pkpryg2s1wpsdzaqp2tdstzlsgj2yhskhcig5wex6zl.jpg)
प्रधानमन्त्री प्रचण्डसँग तीन घण्टाकाे छलफल पछि बालुवाटारबाट निस्किए ओली
![अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित २ जना इरानी नागरिक पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/pakrau_WxFY5ERF9d_kxxd4vs1pikqxetj7lyrs2kqtgguyvhpf59tnjevwmu0mmkdns9z7c0ribfu_YwlNJks3BR_jhtxxdujf4jvez7s8wwxwaox3hib6v852ymkhdjm1k97sdtjqqifrdn6ozfs.webp)
अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित २ जना इरानी नाग…
![‘ यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
‘ यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी
![आईसीसी टी २० विश्वकप २०२४ को ‘टीम अफ दी टुर्नामेण्ट’ घोषणा,दक्षिण अफ्रिकाका खेलाडी अटाएनन्](https://snowberry.prixacdn.net/media/gallery_folder/bharat-world-cup-1024x683_AT1tZOwJUu_jizutxlttkqvrwkmyclurggxfic97qn7iiwm3uabkbp5awwwo6rjs7bgbzbd_KI2W9gas1O_r4zjtwebaq28fedxinfphuuhzd8sack3vbixhizy7ox9cheeparrtet1udev.jpeg)
आईसीसी टी २० विश्वकप २०२४ को ‘टीम अफ दी टुर्नामेण्ट’ घोषणा,दक्षिण अफ्रिकाका ख…
![वायुसेवा निगमको गरिमा रक्षा गर्न पर्यटनमन्त्रीको आग्रह](https://snowberry.prixacdn.net/media/gallery_folder/16693918241669391824_KYmRx0ZoV4_16nwykrr8svx7k1zivyuyheqvsf478xfwgpc8gkyzqikqvr4giik6ojra5bx_G1jq92lnqT_fg6mmfmufh0lh8tqlksjhxj1zmn5aanfi7zytuy9nwn1jiwqlgc4zadzezgt.jpg)
वायुसेवा निगमको गरिमा रक्षा गर्न पर्यटनमन्त्रीको आग्रह
![सुदूरपश्चिममा पहिलो पटक दलित समुदायबाट दुईजना मन्त्री](https://snowberry.prixacdn.net/media/gallery_folder/1579155495Pradesh_Sabha_sudurpashchim_MOkinawVDM_jdut53wlv14ybg8vlvbqirrwydr58ovgjbpur1vmuoy3tabsook2banwjs0p_NdNngq8V7H_42otynuabash4bf6fdp8g2hujcqkgfhbbyj5vpwfmx6nwyoyrhpfeptxnwp7.jpg)
प्रतिक्रिया