कोपा अमेरिका २०२४ : मेस्सीले समूह चरणको अन्तिम खेल गुमाउने

अर्जेन्टिनी स्टार लियोनल मेस्सीले कोपा अमेरिका २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेल गुमाउने भएका छन्। 

साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिकामा समूह चरणको अन्तिम खेलमा आइतबार बिहान पेरुसँग खेल्ने तालिका छ। तर अघिल्लो खेलमा चोट बोकेका मेस्सीले पेरुविरुद्धको खेल गुमाउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

गत २५ जुनमा मेटलाइफ स्टेडियममा चिलीविरुद्धको खेलमा मेस्सीले चोट बेहोरेका थिए। 

उनको चोट धेरै संवेदनशील नभए पनि उनलाई आराम दिन लागिएको हो।सो खेलमा मेस्सीले पूरै ९० मिनेट मैदानमा बिताएका थिए। पेरुमाथिको जितसँगै अर्जेन्टिना यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेको छ। 

३७ वर्षीय मेस्सीले पछिल्लो केही वर्षदेखि मांसपेशीमा समस्या भोगिरहेका छन्।