स्पेनिस रियल मड्रिडका कप्तान नाचो हर्नान्डेसले क्लब छाडे

स्पेनिस रियल मड्रिडका भेट्रान डिफेन्डर तथा कप्तान नाचो हर्नान्डेसले क्लब छाड्नुभएको छ । ३४ वर्षीय स्पेनिस डिफेन्डर नाचोले २३ वर्षपछि रियल छाड्नुभएको हो ।

रियलकै एकेडेमीका उत्पादन नाचो फ्रि ट्रान्सफरमा रियल छाड्दै साउदी अरेबिया लाग्नुभएको छ । उहाँ साउदी प्रो लिग क्लब अल क्वादसियामा आबद्ध हुनुभएको छ ।

२३ सिजिन रियलमा बिताउँदा उहाँले ३६४ खेल खेल्दै १६ गोल गर्नुभएको छ । यस अवधिमा उहाँले ६ च्याम्पियन्स लिग, पाँच फिफा क्लब विश्वकप र चार ला लिगा गरी कुल २५ उपाधि जित्नुभएको छ ।

यो सिजन रियल छाड्ने उहाँ दोस्रो खेलाडी हुनुहुन्छ । यसअघि स्टार मिडफिल्डर टोनी क्रुसले फुबटलबाटै सन्न्यास घोषणा गर्नुभएको थियो । अल क्वादसियासँग उहाँले दुई वर्षको सम्झौता गर्नुभएको छ ।