सुदूरपश्चिमकाे आर्थिक मामिला मन्त्रालयको गाडी दुर्घटना

 सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयको गाडी मोहना-अत्तरिया ६ लेन सडकमा दुर्घटनामा परेको छ।

सुदूरपश्चिम प्रदेश ०१ ००१ झ ३३६ नम्बरको गाडी शुक्रबार राति अनियन्त्रित भई दुर्घटना भएको हो।सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार, गाडी उपसचिव सिद्धराज जोशीले चलाएका थिए। उनी एक्लै सवार गाडी गेटामा दुर्घटना भएपछि गाडीमा क्षती भएको प्रहरीले जनाएको छ।

यस्तै स्रोतका अनुसार चालक जोशीले मापसे पनि गरेका थिए। जोशी आर्थिक मामिला मन्त्रालयका उपसचिव हुन्।