धुलिखेल पूर्णखोप सुनिश्चित नगर घोषणा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/dhulikhel-nagarpalika_3aZlJRrQLf_88xehqui2peb1vwmmj9y4w9ydkpv2ogjzgvv5agsplkqb5kwmx7cwv8bkty2_etkyaMb1QN_vavnt8sjhdvnykzj8zl4pqcvx3buyzzvpavoihqifo09ppdelratqmnwnta4.jpg)
काठमाडौँ, १४ असार : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई ‘पूर्णखोप सुनिश्चितता दिगोपना’ नगर घोषणा गरिएको छ ।
नगर खोप समन्वय समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख अशोक ब्यञ्जु, उपप्रमुख निराजन जङ्गम, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, स्वास्थ्य संस्थाका प्रमुखहरुले बिहीबार एक कार्यक्रमकाबीच धुलिखेल पूर्णखोप सुनिश्चितता दिगोपना नगर घोषणामा हस्ताक्षर गर्नुभयो ।
नगरप्रमुख ब्यञ्जुले धुलिखेललाई स्वस्थ नगर घोषणा गर्ने तयारी पनि भइरहेको बताउनुभयो । “हामी धुलिखेल नगरलाई नेपालकै पहिलो स्वस्थ नगर घोषणाको तयारीमा छौँ । त्यसका लागि प्रारम्भिक कार्य सुरु गरिसकेका छौँ । नगर क्षेत्रमा घरपरिवार सर्वेक्षणमार्फत सबै खालका रोग, समस्या तथा स्वास्थ्य सेवाको आवश्यकताका बारेमा जानकारी लिँदै स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने गरी अशक्त, अपाङ्गता भएका, गरिब, दलित, सीमान्तकृत तथा ज्येष्ठ नागरिकका हकमा विशेष व्यवस्था गरी स्वस्थ्य नगर घोषणा गर्न लागिएको हो”, उहाँले बताउनुभयो ।
उपप्रमुख निराजन जङ्गमले स्थानीयवासीको स्वास्थ्य नगरको पहिलो जिम्मेवारी र कर्तव्य भएकाले स्वास्थ्यका कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँका अनुसार गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नगर क्षेत्रका स्वास्थ्य संस्थाको नियमित अनुगमन, नागरिकमैत्री सेवाका लागि समन्वय र सहजीकरण भइरहेको छ । धुलिखेल विसं २०६४ मा पनि पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको थियो ।
स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले नगरभित्रका एक सय २७ प्रतिशत बालबालिकामा खोप लगाइएको जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकाम, विश्वविद्यालय तथा अस्पताल, रिसोर्ट तथा अन्य सेवा क्षेत्रमा रहेका नगरबाहिरका २७ प्रतिशत बालबालिकालाई खोप सेवा प्रदान गरिएको छ । “१५ महिनादेखि दुई वर्षसम्मका सम्पूर्ण बालबालिकालाई पूर्णखोप लगाएको भनेर वडास्तरबाट घोषणा हुँदै नगरलाई पूर्णखोप सुनिश्चितता गरिएको हो । नगरका १२ वडामा हाल सो उमेर समूहका छ सय ४८ बालबालिका रहेका छन्”, केसीले भन्नुभयो ।
यस्तै घोषणा कार्यक्रममा ६० वर्ष उमेर पुगेका १९ महिला स्वास्थ्य स्वयंसेविकालाई नगद रु २० हजारसहित बिदाइ गरियो । १५ स्वास्थ्य केन्द्र, २७ खोप केन्द्रमा गरी नगर क्षेत्रमा ६९ जना स्वयंसेविका कार्यरत छन् । आधा घण्टाभन्दा कम पैदल दूरीमा पर्ने गरी स्वास्थ्य केन्द्र स्थापित गरिएका छन् ।
![आम निर्वाचनमा बेलायती सरकारद्वारा रुसी हस्तक्षेपको चेतावनी](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
आम निर्वाचनमा बेलायती सरकारद्वारा रुसी हस्तक्षेपको चेतावनी
![बीसीसीआईका सचिव जय शाहले टी-२० विश्वकप विजेता टोलीलाई सवा एक अर्ब दिने](https://snowberry.prixacdn.net/media/gallery_folder/jay-shah_1706690453_ca4F9Pk0cW_xjcky3wroaxfafntksn22gvglbt1fggg01ebmuemn0o14etk8geo6h4jsiiz_sm0q9og9HR_h1joioxbpuz9vketpo5ihgegievo0axsgaiw8l6djeclpq0cjnkbywazi5di.webp)
बीसीसीआईका सचिव जय शाहले टी-२० विश्वकप विजेता टोलीलाई सवा एक अर्ब दिने
![चामल किन्ने पैसा छैन, कनिकामै चित्त बुझाउनुस् : दीपक मनाङे](https://snowberry.prixacdn.net/media/gallery_folder/deepak_manange_1619693274_0HHmu7FPzC_lad01mnm3c9u79be8sohmiwgjxjewlt93pjo0ys3b23c9e1tsofpwgf768wd_Shx1kXOXpS_iqk30bdngyqhrqwa3zoig25ln8crnk7atp9graoxo778lsntv9bcdpoifiwr.jpg)
चामल किन्ने पैसा छैन, कनिकामै चित्त बुझाउनुस् : दीपक मनाङे
![निर्वाचन प्रक्रियामा जान पत्रकार महासङ्घलाई पूर्वसभापतिहरुकोे अपिल](https://snowberry.prixacdn.net/media/gallery_folder/fnj-nepal-office_4yzGwmrLBI_pvyj087ruk53wumzz7ooywy9jh0d2sdswgkljczqyqfbod5yg1fsp3uhqnug_R1G7aZdfKQ_fifduna21lz4aaddxfhbay7imeivuwvedp5u7iek3uydnymdlytlxca87iyv.jpg)
निर्वाचन प्रक्रियामा जान पत्रकार महासङ्घलाई पूर्वसभापतिहरुकोे अपिल
![जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-06-30%2520214419_wCCSVglyv2_aebmoylpharmhb71bos15ptsjniatudmnxblnc1jaofhueipkzfrlkir74vr_PBNCuulc8P_hlm1b9w78dcfzs4jcivex0x3r6momqaj4cyv47lnpejwwk7py8rwpgackvjb.png)
जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ
![अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली](https://snowberry.prixacdn.net/media/gallery_folder/oli_0pH12SYMOc_2agrvmdzlwgjfwr7pmweumpnqygmhthdibsv7qreqi1qgsdtah6drllggqo3_BTpIeLpgNE_r5n50mrhteaeaf9pjx0jij54lji3dyni04zj5uxtfsutkbste1hcgw5sk6qz.jpg)
अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली
![काठमाडौँका विभिन्न स्थानमा चोरीमा सक्रिय गिराेह पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A4%25A8_GMAVbmUaf4_cb32wsy8vnpm12l0xtk4gtjzwajqsmttdfeq7bryz6sukikkrbsycppjjizs_3oYrLdQwQ0_xhsbldz1xknr07xvxoky9ybkxf7apcqlnsgnzmdqqvn8d1jpgj1btgdtyhxg.png)
काठमाडौँका विभिन्न स्थानमा चोरीमा सक्रिय गिराेह पक्राउ
![पेट्रोल र डिजेलमा मूल्य वृद्धि](https://snowberry.prixacdn.net/media/gallery_folder/petrol-price__hzxpX17t1W_0rcjku5rpzuw88svh15llbnqtaie5ogccg3z4u3zmusvcgzupjl56zpbpzgx_O2fLt7O7ib_m5coea9bf8tlbvrinto40damsucrensiatdkdx3ltowa5jkijagqhi630vvt.jpg)
प्रतिक्रिया