इरानमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु

 इरानमा गत महिना हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका राष्ट्रपति इब्राहिम राइसीको स्थानमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार विहानैदेखि मतदान सुरू भएको छ ।

स्थानीय समयअनुसार बिहान ८ ः०० बजे देशभरका ५८ हजार ६४० मतदान केन्द्रमा मतदान सुरु भएको होे ।मतदान केन्द्रहरू १० घण्टाका लागि खुला रहनेछन्, यद्यपि अधिकारीहरूले विगतका चुनावहरूमा जस्तै मतदाताको चाप हेरेर मतदानको समय बढाउन सक्नेछन् ।

शनिबार बिहानसम्ममा प्रारम्भिक र आइतबारसम्ममा औपचारिक नतिजा आउने अनुमान गरिएको छ ।मतदानमा करिब छ करोड १० लाख इरानी नागरिक मतदानका लागि योग्य रहेका छन् । 

सुधारवादी नेता ६९ वर्षीय मसूद पेजेशकियान विभाजित कन्जरभेटिभ खेमाविरूद्ध सशक्त देखिनुभएको छ । उम्मेदवारहरूको जाँच गर्ने गार्जियन काउन्सिलले उहाँलाई सभामुख मोहम्मद बघेर गालिबाफ र पूर्व आणविक वार्ताकार सइद जलिलीको प्रभुत्व रहेको कन्जरभेटिभको क्षेत्रविरुद्ध लड्न अनुमति दिएको थियो।

तेहरानका मेजर अलिरेजा जकानी र रईसीका पूर्व उपराष्ट्रपति अमिर होसेन गाजिजादेह हाशेमीले पनि कट्टरपन्थी संगठनबाट राजीनामा दिएपछि धर्मगुरु मुस्तफा पोरमोहम्मदी पनि विवादमा तानिएका छन् ।इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले मतदान सुरु भएलगत्तै मतदान गर्नुभएको छ । “निर्वाचनको दिन हामी इरानीका लागि हर्ष र खुशीको दिन हो,” उहाँले टेलिभिजनमा सम्बोधन गर्दै भन्नुभयो । 

उहाँले भन्नुभयो, “हामी हाम्रा प्रियजनहरूलाई मतदानको मुद्दालाई गम्भीरतापूर्वक लिन र भाग लिन प्रोत्साहित गर्दछौं ।”प्रतिबन्धको चपेटामा परेको इरानमा इस्लामिक गणतन्त्र र यसका कट्टर प्रतिद्वन्द्वी इजरायल र संयुक्त राज्य अमेरिकाबीच गाजा युद्ध जारी रहँदा उच्च क्षेत्रीय तनाव भइरहेका बेला निर्वाचन हुन लागेको हो ।

यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गरेनन् भने जुलाई ५ मा दोस्रो चरणको मतदान हुनेछ । सन् २००५ को मतदानपछि इरानी चुनावी इतिहासमा दोस्रो पटक मतदान भएको छैन । केही समय अघिसम्म सापेक्षिक रूपमा अनिश्चित रहेको पेजेस्कियानको उम्मेदवारीले रूढÞिवादी र अतिरूढिवादी खेमाहरूको वर्षौंको प्रभुत्वपछि इरानको सुधारवादी पक्षका लागि आशाहरू पुनर्जीवित गरेको छ ।

इरानका अन्तिम सुधारवादी राष्ट्रपति मोहम्मद खातामीले उहाँलाई ‘इमानदार, निष्पक्ष र मायालु’ व्यक्तिका रूपमा प्रशंसा गरेका छन् ।

सन् १९९७ देखि २००५ सम्म काम गरेका खातामीले उदारवादी हसन रौहानीलाई पनि समर्थन गर्नुभएको थियो । उहाँको समर्थका कारण रौहानीले राष्ट्रपतिको निर्वाचनमा विजय हाँसिल गर्नुभएको थियो । रौहानीलाई सन् २०१५ मा शक्तिराष्ट्रसँग भएको इरानको आणविक सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।