यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते

 रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।शुक्रबार बिहान साढे ८ बजे  रामेछापको गैरीबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५६२५ नम्बरको यात्रुवाहक बस लिखुतामाकोशी गाउँपालिका–६ बिर्ता लाकुरीडाँडामा दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका हुन् ।


जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कच्ची सडक भासिएर बस सडकबाट करिब २० मिटर तल खसेको हो । गाडीमा १० जना सवार थिए ।घाइतेहरूमा चालक सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ पिस्करका ४० वर्षीय यादव खत्री, गाडीका साहु दोलखा भिमेश्वर नगरपालिका–५ का ४२ वर्षीय दीपक श्रेष्ठ छन् ।

घाइते यात्रुहरू सबै रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ६ का स्थानीय छन् ।

२१ वर्षीया सबिना श्रेष्ठ, उनकी छोरी १ वर्षीया सुजता श्रेष्ठ, ४२ वर्षीय साबित्रा घिमिरे, ५७ वर्षीय मानबहादुर श्रेष्ठ, ५० वर्षीय टेक बहादुर श्रेष्ठ, १९ वर्षीय झलकबहादुर श्रेष्ठ, ४४ वर्षीया शंक कुमारी तामाङ र ४१ वर्षीया सकुन्तला श्रेष्ठ छन् ।