सर्च इन्जिन गुगलले नेपाल भाषामा पनि उल्था गर्ने

सर्च इन्जिन गुगलले नेपाल भाषा (नेवारी)मा पनि उल्था गर्ने भएको छ ।

पहिले अङ्ग्रेजी, नेपाली, हिन्दीसहित १३३ वटा भाषामा उल्था गर्ने गुगलले अहिले थप गरेको ११० वटा भाषामा नेवारी पनि समेटिएको हो । योसँगै गुगलबाट अब अरु भाषाबाट नेवारी भाषामा उल्था गर्न सकिने छ । 

आफ्नो यो अपडेटले अनुवाद सेवालाई अधिक समावेशी र सुलभ बनाएको गुगलले दाबी गरेको छ ।

शुरुमा गुगलले अङ्ग्रेजी, चाइनिज, फ्रेन्च, जर्मन, जापनिज, कोरियन, पोर्चुगिज, स्पेनिस र टर्किस भाषामा उल्था गर्न थालेको थियो । २०७० सालदेखि नेपाली भाषा पनि थपिएको थियो ।