रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न १९ असारमा केन्द्रीय समिति बैठक बोलाएको  छ ।

पार्टी कार्यालय चमतिमा बस्ने बैठकको एजेण्डामा महामन्त्रीको समीक्षा प्रतिवेदनमाथि छलफल र विविध गरी दुई वटा राखिएको छ । 

महामन्त्री ढकालले देशव्यापी भ्रमण गरेर तयार पारेको समीक्षा प्रतिवेदन बुधबार सभापति रवि लामिछानेलाई बुझाएका थिए । उनले पार्टीमा विभिन्न समस्या देखिएको भन्दै बेलैमा उपचार नगरे ०८४ को चुनावमा राष्ट्रिय पार्टी बन्न पनि नसक्ने निश्कर्ष निकालेका छन् ।