आईसीसी टी-२०: इङ्ल्यान्डलाई हराउँदै भारत विश्वकपको फाइनलमा

काठमाडौँ । भारत इङ्ल्यान्डलाई पराजित गर्दै आईसीसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ।

वेस्ट इन्डिजको गुएनास्थित प्रोविडेन्स स्टेडियममा गए राति भएको खेलमा भारतले इङ्ल्यान्डलाई ६८ रनले पराजित गरेको हो। भारतले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्ड १६.४ ओभरमा १०३ रनमै समेटियो।

इङ्ल्यान्डका लागि ह्यारी ब्रूकले २५, जोश बट्लरले २३, जोफ्रा आर्चरले २१ र लियाम लिभिङस्टोनले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंक पनि जोड्न सकेनन्।

भारतका लागि अक्षर पटेल र कुलदीप यादवले तीन-तीन तथा जसप्रित बुमराहले दुई विकेट लिए।

यसअघि ब्याटिङ गरेको भारतले सात विकेटको क्षतिमा १७१ रन बनाएको थियो। भारतका लागि रोहित शर्माले अर्धशतक प्रहार गरे। उनले ३९ बलमा ६ चौका र दुई छ्क्काको मद्दतले ५७ रन बनाए।

त्यस्तै, सूर्यकुमार यादवले ४७, हार्दिक पाण्ड्याले २३ र रवीन्द्र जडेजा १७ रन बनाए। अन्य ब्याटर दोहोरो अंक पनि जोड्न सकेनन्।

इङ्ल्यान्डका लागि क्रिस जोर्डनले तीन, अदिल रिस टोप्ले, जोफ्रा आर्चर, साम करन र अदिल रसिदले एक-एक विकेट लिए।

अब उपाधिका लागि शनिबार राति ८:१५ बजे दक्षिण अफ्रिका र भारत प्रतिस्पर्धा गर्नेछन्।