कैलालीका सीमानाकासहित धनगढीको बसपार्कमा प्रहरीको इन्चार्ज फेरबदल

कैलालीका केही सीमानाकासहित धनगढीको बसपार्कमा प्रहरीको इन्चार्ज फेरबदल गरिएको छ। केही दिन अगाडिमात्रै जिल्ला प्रहरी कार्यालय कैलालीका हाकिम एसपी पदमबहादुर बिष्टले इन्चार्जहरु फेरबदल गरेका हुन्।

बिष्टले कार्यसम्पादमा कमजोर देखिएका र स्वैच्छिक सरुवा मागेका केही प्रहरी इन्चार्जहरुलाई यताउता गरिएको जानकारी दिए। उनका अनुसार हाल प्रहरी चौकी कालाकुण्डा, त्रिनगर, पृथ्वीपुर र धनगढी बसपार्कका इन्चार्जहरु फेरबदल भएका छन्।

जसमा सीमानाका इन्चार्जहरुलाई केही महिनामै तानेर अन्त पठाइएको हो भने बसपार्कमा पनि नयाँ इन्चार्ज खटाइएको हो।

यस्तो खटनपटनमा पर्नेमा टीकापुरस्थित कालाकुण्डा प्रहरी चौकीका इन्चार्ज वरिष्ठ सई गोकुल बलायर, त्रिनगर प्रहरी चौकीका इन्चार्ज सई भरतनाथ योगी, पृथ्वीपुरका इन्चार्ज लक्ष्मीदत्त भट्ट र बसपार्कका इन्चार्ज दिपेन्द्र किमाडी रहेका छन्।

अहिले उनीहरूको स्थानमा नयाँ इन्चार्जहरु खटाइएको छ। जसमा टीकापुरस्थित कालाकुण्डा प्रहरी चौकीका इन्चार्जमा सई बिसन भट्ट, पृथ्वीपुरमा सई हंशराज बिष्ट, त्रिनगरमा दिपेन्द्र किमाडी र बसपार्कमा सई यज्ञराज पन्त पठाइएका हुन्। उनीहरूमध्ये किमाडी र बिसनले आकर्षक पोष्टिङ पाउँदा केहीले स्वेच्छिक सरुवा मागेका थिए भने केही रेडजोनमा परेर तानिएका हुन्।

पछिल्लोसमय केही समयमै नाकामा इन्चार्जहरु तानिने र नयाँ जाने क्रम जारी छ। प्रहरीको जिल्ला र प्रदेशको नेतृत्व फेरिपछि इन्चार्जहरु पनि बेलाबेला बदलिँदै गरेको पाइन्छ।