युद्धमा गुज्रिरहेको इजरायलमा किन युवा पठाउदैछ सरकार ?

०२३ अक्टोबर ७ मा, प्यालेस्टिनी लडाकु हमासले गाजा पट्टीबाट इजरायलमा आक्रमण गरेपछि यो क्षेत्र अशान्त छ । इजरायल(गाजा युद्ध सुरु भएयता १५ हजार बालबालिकाको मृत्यु भइसकेको छ । 
त्यतिखेर हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो। कञ्चनपुरका विपिन जोशी विद्रोहीको कब्जामै छन्। उनको अवस्था अज्ञात छ।  ती नेपाली  विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए।
हमास र अन्य लडाकु समूहका बन्दुकधारीहरूले दक्षिणी इजरायलमा घातक हमला गर्दा करिब १ हजार २०० व्यक्तिको मृत्यु  भएको थियो। अहिले पनि यस क्षेत्रमा युद्ध भड्किने जोखिम छ। निरन्तर बढ्दै गएको मुठभेड युद्धमा बदलिन सक्ने खतरा पनि उस्तै छ । 

तर, यस्तो अवस्थामा नेपालले भने आठ सय नेपाली युवालाई केयर गिभरमा इजरायल पठाउन अनुमति दिएको छ। वैैदेशिक रोजगार विभागले सूचना प्रकाशित गर्दै सुरुमा पाँच सय र त्यसपछि तीन सय नेपालीलाई इजरायलले केयर गिभरका रूपमा लैजाने बताएको छ । आवेदन खुला भइसकेको छ, दुई महिनाभित्र सबै प्रक्रिया पूरा गरी इजरायलतर्फ रोजगारीका लागि नेपाली युवालाई पठाउने प्रक्रिया सुरु हुने छ।  नर्सिङसम्बन्धी आधारभूत कोर्स अनमि वा सिएमए गरेको हुनुपर्ने वा प्रमाणपत्र तह उत्तीर्ण गरी केयर गिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम  लिएकाहरु तयहाँ जान पाउनेछन्।   
युद्धग्रस्त मुलुकमा कामदार पठाउने सरकारको योजनाको भने चर्काे विरोध भइरहेको छ।  रूस(युक्रेन युद्धमा फसिरहेका नेपालीलाई सरकारले घर फर्काउन सकेको छैन। यस्तो अवस्थामा अर्को युद्धग्रस्त मुलुकमा समेत कामदार पठाउने जोखिमपूर्ण कदम चालेको छ।