नेपाल-भारतबीचको प्रगाढ सम्बन्ध कायमै राख्नुपर्नेमा जोड
![](https://snowberry.prixacdn.net/media/gallery_folder/download%2520(1)_oDXGQmolsW_2e71ah4ehtbxmbivdoeygx6xkn9osxmyl87jpl5v4qhbwlz2zbfyi4hkejmo_6uVlrFJ170_f3y6u6numbndqcdliapdndatinhmfevg1aeg79zivlwpifiwlftwcb7pxtfb.jpeg)
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तले नेपाल–भारतबीचको प्राचीन सम्बन्धलाई कायमै राख्नुपर्नेमा जोड दिनुभएको छ ।
पोखरा-१२ रामघाटस्थित अमरसिंह माविको आज अवलोकन गर्दै राजदूत श्रीवास्तवले विद्यालय भवन निर्माणका लागि दूतावासले रु २० करोड सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भारतको रक्षाका लागि गोर्खा सैनिकहरुको योगदान रहेको स्मरण गर्दै उहाँले नेपालमा भारतीय भूपु नेपाली सेनामार्फत विभिन्न खानेपानी, शिक्षा, स्वास्थ्य र सडकलगायत क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल र भारतबीचको मैत्री सम्बन्धलाई बलियो बनाउन आफू प्रतिबद्ध भएको बताउँदै नेपालमा प्रवेश गर्ने सडकको स्तरोन्नति गर्दै पर्यटकलाई सहजरुपमा यातायातको व्यवस्था मिलाउन आफूले भूमिका खेल्ने पनि उल्लेख गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शेरबहादुर थापा तथा वडा नं १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले आफ्ना भनाइ राख्नुभएको थियो ।
नेपालकै नमुना माविकारुपमा परिचित अम्मरसिंह माविमा दुई हजार नौ सय विद्यार्थी अध्ययनरत छन् भने एक सय ३७ शिक्षक कर्मचारी छन् । दुई सयभन्दा बढी रोपनीमा फैलिएको उक्त विद्यालय पोखराकै पुरानो विद्यालयकारुपमा चिनिन्छ । नेपाल–भारत मैत्री सङ्घअन्तर्गत मेजर वीरसिंह गुरुङको पहलमा दूतावासले ५५ वर्षअघि विद्यालयका भवन निर्माण गर्नुका साथै केही वर्षअघि पुस्तकालयको भवन र पुस्तक हस्तान्तरण गरेको थियो ।
![‘कतिबेला बास उठ्ने हो थाहा छैन’](https://snowberry.prixacdn.net/media/gallery_folder/Badhi%2520(1)_PpVJwZ7h2D_pf9aeizglfgjl4ql7htgf83evsukxazyldmzulfemug0w7sdewrbitslgkab_9Ex01rb6Pl_iso7w9jsgaozidrmqjymn6knxoynbs777bpdgn5oqhimhvignsvocag1vsbk.jpg)
‘कतिबेला बास उठ्ने हो थाहा छैन’
![पहिरोमा परी घाइते भएका लिम्बूको हेलिकप्टरमार्फत उद्धार](https://snowberry.prixacdn.net/media/gallery_folder/download_rNbDEfzwoS_zayvd3zdwvsixtpjekrrytelbyicytsntgwbqj2asggxbstt3wjmb9ygtriw_r38begZZc7_rzkg7am7lxk0qhexkmhh3l7zxzt44tgkki7t9s5iwg2hxtimahk6c3lrpae0.jpeg)
पहिरोमा परी घाइते भएका लिम्बूको हेलिकप्टरमार्फत उद्धार
![चक्रपथमा डिभाइडर नाघेर लेन क्रस गर्ने सरकारी गाडीका चालक प्रहरीकाे कारबाहीमा](https://snowberry.prixacdn.net/media/gallery_folder/lane_cross_UO2kIqAuze_R9iUKTpbso_5pge8anbqjbihndth0drwpammskhizb8jh4thfilq0ak5mjlfiabddk3xdhj_H4bJxhwu3M_fxiwsddy7fvxmrtu23eljmldtkgyqxkois9oom2ojxh6mnztnmynyy50aqup.png)
चक्रपथमा डिभाइडर नाघेर लेन क्रस गर्ने सरकारी गाडीका चालक प्रहरीकाे कारबाहीमा
![मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी](https://snowberry.prixacdn.net/media/gallery_folder/mushroom-chayu_KG3j0TeTd6_7e0yqbeyrfhy9wrbs109mjzs4uwvldpn4upbuikjvwduyfv5ekojstfp8kfd_WW6uOJRFiG_1yojncd9w30nmzjig4ytoweyt24fjvciycllorq2t6w1hoq6mhgfpuulimrh.jpg)
मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी
![नेपालगन्जमा घर बीमा कार्यक्रम कार्यान्वयनमा](https://snowberry.prixacdn.net/media/gallery_folder/bima_VdaFHTmAPZ_go0iuck51f4amp5qp4aqzw1kqv4kfzkljnexnshve05yii9rgd0v9jeiuhvv_uUoLTZuhZP_icr25hnwwye0jkjdxcm13xmhj5pntqtqrrru7v8whzfpldawjajlnqrdks5a.jpg)
नेपालगन्जमा घर बीमा कार्यक्रम कार्यान्वयनमा
![पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/download%2520(1)_7iTm5NRvS6_ytd5osr1sjn0g2ihp5onovz7ja3xukaggyybnquhqkpg4hoixoupvt2fnpdb_AtGjmhSiul_lkdm5bybjgnacw4pfupln6lkhvcim36erers8ghsdfgpsnu8pb6ht9715lmg.jpeg)
पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध
![सर्लाहीको मकैबारीमा महिलाको शव फेला](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
सर्लाहीको मकैबारीमा महिलाको शव फेला
![सुदूरपश्चिममा मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी, कसले कुन मन्त्रालय पाए ?](https://snowberry.prixacdn.net/media/gallery_folder/Dirgha-Sodari_IRcBa2p5J8_dmzosttvnciqyoepka5mwu7ruag33ik0fekaymxukqbdfwkst0rtcuav7cjl_ZF2lQpETmU_s5ruedmk1qcravkmlldunrzec7xsgkdh5vxthcif04iv1hf8vn0b6hrtayrr.jpg)
प्रतिक्रिया