नेकपामा एस वरिष्ठसहित ७ उपाध्यक्ष रहने

नेकपा (एकीकृत समाजवादी)मा वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आलोकनगरमा बसेको पार्टी सचिवालयको बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्ष बनाउने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

७ उपाध्यक्षमा १ महिला, १ मधेशी, अरू खुला रहने खतिवडाले बताए । उनका अनुसार सम्मानित नेताको पद पनि यथावत् राख्ने भएको छ । अहिले सम्मानित नेतामा झलनाथ खनाल छन् ।

सचिवालय बैठकपछि निर्णय सुनाउँदै उनले भने,‘पर्सि असार १५ गते पार्टीले पत्रकार सम्मेलनको आयोजना गर्दैछौं । हाम्रो केन्द्रीय कमिटिको संख्या २९९ जनाको हुनेछ । १० महाधिवेशनको हलबाट  हामीले थप्ने गरि हामीले यो संख्या २९९ जना गर्ने गरि प्रस्ताव गरेका छौं । हाम्रो केन्द्रीय पदाधिकारीको संख्या २१ जनाको हुनेछ । सम्मानित नेताको पद कायम गरिनेछ । वरिष्ठ उपाध्यक्षको एउटा पद सिर्जना गरिनेछ । केन्द्रीय उपाध्यक्षमा एउटा महिलाको सिट राख्ने निर्णय भएको छ ।’

त्यस्तै, एक महासचिव, उपमहासचिव ४ र सचिव ७ जना बनाउने निर्णय बैठकले गरेको छ । सचिवमा दलित, जनजाति र महिलाबाट एक–एक जना ल्याइने भएको छ । योसँगै अध्यक्ष, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष राखेर नेकपा एसले २१ सदस्यीय पदाधिकारी बनाउने भएको छ ।

ओली–देउवा भेटले राजनीतिमा तरंग, बन्ला त कांग्रेस–एमाले समीकरण?

ओली–देउवा भेटले राजनीतिमा तरंग, बन्ला त कांग्रेस–एमाले समीकरण?

रास्वपाका मकवानपुर जिल्ला सचिवालय सचिव भुवन खनालसहित ६ जनाले पार्टी परित्याग

रास्वपाका मकवानपुर जिल्ला सचिवालय सचिव भुवन खनालसहित ६ जनाले पार्टी परित्याग

एकीकृत समाजवादीद्वारा महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल

एकीकृत समाजवादीद्वारा महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल

‘महाधिवेशनले कम्युनिष्ट सिद्धान्तलाई समयसापेक्ष परिमार्जन गर्ने’

‘महाधिवेशनले कम्युनिष्ट सिद्धान्तलाई समयसापेक्ष परिमार्जन गर्ने’

भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट संन्यास लिन्छु : कांग्रेस उपसभापति  गुरुङ

भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट संन्यास लिन्छु : कांग्रेस उपसभापति …

‘क्रान्तिदेखि शान्तिसम्म, ऐतिहासिक फोटो प्रदर्शनी’ हुने

‘क्रान्तिदेखि शान्तिसम्म, ऐतिहासिक फोटो प्रदर्शनी’ हुने

आफ्नो कुरा नटेर्ने मन्त्रीलाई फेर्न प्रधानमन्त्री दाहाल लाई गगनकाे सुझाव

आफ्नो कुरा नटेर्ने मन्त्रीलाई फेर्न प्रधानमन्त्री दाहाल लाई गगनकाे सुझाव

गाउँपालिकामा बेथिति अध्यक्षले मान्दैनन् कानुन,जबर्जस्ती  राख्छन पीए

गाउँपालिकामा बेथिति अध्यक्षले मान्दैनन् कानुन,जबर्जस्ती राख्छन पीए