बढ्दो गर्मी कारण पाकिस्तानीमा ६ दिनमै ५ सयभन्दा बढीको मृत्यु

बढ्दो गर्मी पाकिस्तानी जनताका लागि घातक साबित भइरहेको छ । पछिल्लो ६ दिनमै त्यहाँ ५ सयभन्दा बढीको मृत्यु भएको छ, जसमा बढ्दो गर्मीलाई प्रमुख कारण मानिएको छ ।


इधी एम्बुलेन्स सेवाका अनुसार कराची सहरमा रहेको शवगृहमा दैनिक ३० देखि ४० शव ल्याउने गरिएको छ ।तर पछिल्ला ६ दिनमा ५ सय ६८ शव संकलन भएको सेवालदे जनाएको छ । यीमध्ये मंगलबार एकैदिन १४१ जनाको शव ल्याइएको थियो ।

यी सबै मृत्युको एकिन कारण अहिले नै भन्न गाह्रो भएको बीबीसीले जनाएको छ । तर, गर्मी बढेसँगै मृत्यु हुने क्रम पनि बढेको छ ।

कराँचीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ र आर्द्रता यति धेरै छ कि तापक्रम ४९ डिग्री सेल्सियस जस्तो महसुस भएको छ ।