अमेरिकी डलर र दिनारको मूल्य बढ्यो,

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर, दिनार, अस्ट्रेलियन डलरसहितका केही विदेशी मुद्राको मूल्य बढ्दा युरो, पाउन्ड लगायतका विदेशी मुद्राको मूल्य भने घटेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २० पैसा र बिक्रीदर १३३ रुपैयाँ ८० पैसा थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४३ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३७ पैसा थियो। 

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ६४ र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७७ पैसा थियो। 

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८९ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९९ पैसा थियो। 

आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ।  हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ४० पैसा थियो। 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९८ पैसा  थियो। 

 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची