रुसी सेनामा भर्ना भएका एक नेपालि युवाको मृत्यु
![](https://snowberry.prixacdn.net/media/gallery_folder/russian-army_x1X7RHOX1N_P45Iq6qz3O_1rm6buhkay38pwr7a86jvkreuz8yusx1dggeikhnui0bxm6xxunsuvh4vxcz_yY7EVPTYV4_8qpfpjf3i3k6glqfrldbhtim42jqfqqcwte43psep03e8rqqzab0blwomlax.webp)
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो ।
रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए । उनले भने, “सात महिना अगाडि रुसी सेनामा भर्ना भएका गुरुङ १५ दिनदेखि परिवारसँग सम्पर्कविहीन हुनुहुन्थ्यो । त्यसअगाडि भने परिवारसँग कुराकानी भइरहेको थियो ।”
गुरुङका साथीले आफूहरु द्वन्द्वग्रस्त क्षेत्रमा जाँदा उक्त घटना भएको बताएको गुरुङले उल्लेख गरे । “फोन गर्ने व्यक्तिले म पनि घाइते भएको छु भनेर रञ्जितका परिवारलाई जानकारी गराएका छन्”,गुरुङले भने । स्थानीय टेकबहादुर गुरुङले घटनाबारे जानकारी पाएपछि गाउँ शोकमा डुबेको जानकारी दिए । उनले भने, “घटना सुनेदेखि सबै शोकमा हुनुहुन्छ । उहाँ एकदमै मिलनसार हुनुहुन्थ्यो । सोच्नै नसक्ने घटना भएको छ ।”
आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष गुरुङले उक्त घटनाले आफूहरुलाई स्तब्ध तुल्याएको उल्लेख गरे। उनले भने, “मेरो वडाले एक होनहार युवा गुमाएको छ ।” रुसी सेनामा भर्ना भएका तनहुँका नौ जना परिवारको सम्पर्कमा छैनन् ।
जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रका अनुसार जिल्लाका नौ जना युवा रुसी सेनामा भर्ना भएको र आफन्तको सम्पर्कमा नरहेको भन्दै निवेदन परेको छ ।
![टी–२० विश्वकप विराट कोहलीको पहिलो अर्धशतक](https://snowberry.prixacdn.net/media/gallery_folder/Virat333_1NKNo5ISpf_4becI45LIF_oznxtrck0j2yp06o3pooi4vcavwmfelvldtqudhtw9devlunjn4ju9reybgd_3Sr30l3Q86_cmor8zry77hpl6wtpfli3rhy2ls7d01bbp6ir7pau9lhxdv4z5v6bir1ecdc.png)
टी–२० विश्वकप विराट कोहलीको पहिलो अर्धशतक
![गण्डकी प्रदेशसभा सदस्य फणिन्द्र देवकोटा पुनः मन्त्री बन्ने,आइतबार शपथ लिने](https://snowberry.prixacdn.net/media/gallery_folder/phanidra-devkota-1718365362_J1kXBjxT5p_sdsdjxg6y6qttyht8nocyz0ukzqikndpx2ebi6gyzg0fs00oxtinwnxsww0f_AgXkxY4Km4_noouxxmidl1nurlcrftc9wgh8iwkgdqw64rake21g8khwy9uroi4hatsc7z5.png)
गण्डकी प्रदेशसभा सदस्य फणिन्द्र देवकोटा पुनः मन्त्री बन्ने,आइतबार शपथ लिने
![कमेडी च्याम्पियन सिजन–३ को विजेता सुनील खड्का बने](https://snowberry.prixacdn.net/media/gallery_folder/comedy-champion3_XsW3M9UT1Z_4i935escatrqpamtplhahwgxks7fh3j6v0xv0pjayohrdbk1zvsk61sawoeq_OWHb7ksXQe_huypgfyoiqzbgocaob9mqor2unyz0vshtoqjfbzyuclwqh0gyshfflyyumpn.jpg)
कमेडी च्याम्पियन सिजन–३ को विजेता सुनील खड्का बने
![इराकको मस्जिदमा विस्फोटक उपकरण फेलाः राष्ट्रसङ्घीय एजेन्सी](https://snowberry.prixacdn.net/media/gallery_folder/a7ee309930c5e7cd80e745af4925253bdb6e1fac_29lQxAJpPT_oz43vfmrzeqo0plhvibgp5c25mzb5wrbsd29ifartv3itc7uis4lgru2bqk9_3MBvC7l5Zu_egpwifr3mwyq7kyxymdzvbnujntzobnwjnevqeoi8n47fpyzjzug1pn7bs4x.jpg)
इराकको मस्जिदमा विस्फोटक उपकरण फेलाः राष्ट्रसङ्घीय एजेन्सी
![किसानको चिन्ताः कृषिलाई प्रविधिसँग नजोडे केही वर्षमै खाद्यसङ्कट हुनसक्छ](https://snowberry.prixacdn.net/media/gallery_folder/1_Ej9j0Ab3ON_iujhqktdi5ptndrrch9fyzpz73jxvgujqh9kpbpabwgbiorktmxkbg6lvo9o_LatduAKBuN_8qycdgvwi7wh5r2yfhau6jvhjnkd5jxhs4fgsqbnshdn5yep8jt9heke6jiw.jpg)
किसानको चिन्ताः कृषिलाई प्रविधिसँग नजोडे केही वर्षमै खाद्यसङ्कट हुनसक्छ
![टी-२० विश्वकप २३ रनमा भारतले गुमायो दुई विकेट](https://snowberry.prixacdn.net/media/gallery_folder/india-rohit_BpcD7aglYu_wgrlcslttfuyun8nzv0py8hf2s4ysbfzelzv00hndldaovmjblctyjhp6rk4_Vq1GswCUkW_ei8gxj1iz8xv28ikox7kpyitjzhlrton1f01llluudpnhxp81rhc9jkkfmaj.jpg)
टी-२० विश्वकप २३ रनमा भारतले गुमायो दुई विकेट
![कविराजको व्यवसाय अरूका लागि पाठशाला](https://snowberry.prixacdn.net/media/gallery_folder/kabiraj%2520khanal_wl5nOq8SPn_7rhrm12ag6cmgh9pmgxxtqxqt3ysc5kjv9lj1alx5x13ine6sifmro1topjn_9JQ1NVPWGi_dod33h1scenutiin3skyxkrun74bz1i0hpzehznqxpvh3madxtvog8yjzcfv.jpg)
कविराजको व्यवसाय अरूका लागि पाठशाला
![तीन वर्षमा बन्ने भनिएको गेउरिया पुल १० वर्षसम्म पनि बनेन](https://snowberry.prixacdn.net/media/gallery_folder/Gauraya%2520Pul%2520(2)_YKenzzksOt_yumfzpwqgib1vbmhhznrwq5ejibrbxfeudg8r4oq05l70n4hxwkgkyt0zrn4_fVjmOsixD7_dsiwd6et3wtflbe0yvk6gtel6x2unqgkyrnpgfyvlt1mwia1k1ppyljs7eax.jpg)
प्रतिक्रिया