अदालतले पठायाे केजरीवाललाई तीन दिनको लागि सीबीआई हिरासतमा

दिल्लीको राउज एभिन्यू अदालतले बुधबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई तीन दिनको लागि सीबीआई हिरासतमा पठाएको छ।अदालतको अनुमतिपछि बुधबार सीबीआईले औपचारिक रूपमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको थियो।

मदिरा घोटाला प्रकरणमा सीबीआईले मंगलबार राति तिहाड जेलमा केजरीवालसँग सोधपुछ गरेको थियो। सोधपुछ पछि सीबीआईले बयान लियो र केजरीवाललाई बुधवार बिहान राउज एभिन्यू अदालतमा पेश गर्न ल्यायो।

न्यायाधीश अमिताभ रावतले राउज एभिन्यू अदालतमा केजरीवालको मुद्दाको सुनुवाइ गरेका थिए। सुनुवाइपछि सीबीआईले केजरीवाललाई अदालतमै पक्राउ गरेको थियो । सीबीआईले केजरीवाललाई हिरासतमा लिन अदालतलाई आग्रह गरे, जुन अदालतले स्वीकार गर्यो।