वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

सरकारले ल्यायो जनतालाई दुःख दिने कार्यक्रम

सरकारले फेरि जनतालाई दुख दिने नीति लिएको छ। कमिसनका लागि थरीथरी परिचयपत्र बनाउँदै आएको सरकारले अब सबै सरकारी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिर्वाय गरेको छ।नागरिकले चाहेर लिँदा पनि राज्यले समयमै राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन सक्दैन। आफ्नो क्षमता नै नभएकाले बेला सरकारले जेष्ठ नागरिकलाई वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र अनिर्वाय गरेको थियो। अहिले ७० वर्षमाथिका वृद्धवृद्धा परिचयपत्रका लागि सदरमुकाम पुगेका छन्। टन्टलापुर घाममा दिनभर लाइन लाग्नुपरेको छ।

सांसदहरुलवृद्धभत्ता लिनलाई नागरिकता भए पुग्नेमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेर झन्झटिलो प्रावधान बनाउँदा नागरिकलाई गाह्रो भइरहेको भन्दै यो व्यवस्था खारेज गर्न आग्रह गरिरहेका छन्। सांसद ऋषिकेश पोखरेलले पूर्वतयारी बिना नै आगामी वर्षको लागि सामाजिक सुरक्षा भत्ता लिन लाभग्राहीलाई विवरण नवीकरणको दुईवटा सर्त राखेर सर्कुलर पठाउँदा ज्येष्ठ नागरिक, अशक्त र बिरामीले पीडा खेप्नुपरेको बताएका थिए।

https://barnanmedia.com/news/detail/180546/

सर्वाेच्चमा चौरानब्बे प्रतिशत मुद्दा रिङ आउट

सर्वाेच्च अदालतमा फैसलाका लागि भनेर सुुनुवाईसम्म पुगेका मुद्दाहरुको जम्माजम्मी ६ प्रतिशत मात्रै फैसला हुन्छ भनेर सुन्नुपर्दा अचम्म नमान्नुहोला।

असारको मध्यमहिनामा आईपुग्दा पनि सर्वाेच्च अदालतमा मुद्दाको सुनुवाई निरासाजनक भएको पाउंदा कोहीपनि खुसी छैनन् । 

सर्वाेच्च अदालतमै ६ प्रतिशत मुद्दामात्रैको फैसला भई अन्य ९४ प्रतिशत मुद्दा रिङ आउट हुंदा न्यायको सहज पहुंचको कुरा गर्ने न्यायाधीश, उच्च स्तरका न्यायिक अधिकारी, कानुनविद् र विधिशास्त्रीहरु के सोचेर बसिरहेका होलान् गम्भीर प्रश्न उठेको छ ।

सर्वाेच्च अदालतले पुराना मुद्दालाई प्राथमिकता दिनेगरी अभियान फांट अर्थात् डेडिकेटेड इजलास गठन भई सुनुवाई भइरहंदा समेत मुद्दाको सुनुवाईमा आशातित प्रगति भएकोे छैन ।

https://barnanmedia.com/news/detail/180560/

के माधव नेपाल एकीकृत समाजवादीबाट पनि एक्लिँदै छन् ?

नेकपा एकीकृत समाजवादीको नेतृत्व चयनका लागि महाधिवेशन हुँदैन छ । यही मध्य असारमा हुन लागेको यो महाधिवेशन उनीहरूको पहिलो ठूलो भेला पनि हुनेछ । करिब १८ सय प्रतिनिधि हुने भनिएको महाधिवेशनमा चार सयभन्दा बढी त केन्द्रबाटै जानेछन्, जो स्थानीयस्तरबाट चुनिनुपर्दैन । अरू केही मनोनीत गरेरिनेछ । तर यति हुँदाहुँदै पनि माधव नेपालको अध्यक्ष बनिरहने चाहनामा भने ठूलो धक्का पुग्ने देखिएको छ । 

अहिलेसम्मको आकलनमा नेतृत्वको लागि तीन नेताले दौडधुप गरिरहेका छन् । वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल अध्यक्ष पदका आकांक्षी हुन् ।

https://barnanmedia.com/news/detail/180576/

वाइडबडी जहाज अनुमतिबिनै इटाली लगेको भन्दै निगमका कार्यकारी अध्यक्षसहित पाँच जनालाई कारबाही

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज अनुमतिबिनै इटाली लगेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमका कार्यकारी अध्यक्षसहित पाँच जनालाई कारबाही गरेको छ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित दुई जना पाइलट९क्याप्टेन०,  एक जना अपरेसन डाइरेक्टर र एक जना म्यानेजर कारबाहीमा परेको प्राधिकरणले जनाएको छ। उनीहरूलाई निलम्बन गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

निगमको ए ३३०–२०० सिरिजको ९ एन–एएलवाई जहाज जुन २२ तारिखमा नियमित उडानका क्रममा दुबई पुगेको थियो। त्यहीबाट मर्मत गर्ने भन्दै इटाली पु¥याइएको थियो।प्राधिकरणले उक्त जहाज अनुमति नलिएर इटाली पु¥याइएको भन्दै जिम्मेवारी अधिकारीहरूलाई कारबाही गरेको जनाएको छ। 

प्राचीन स्मारकसहित तीन जना पक्राउ

 बाँकेको राप्तिसोनारी गाउँपालिका–८ ढकेरी शम्सेरगंजस्थित सडकबाट अगरेको छ। 

पक्राउ पर्नेहरूमा रूपन्देही तिलोतमा नगरपालिका–११ बस्ने ५० वर्षीय खिमबहादुर कुँवर, ५० वर्षीय रामु न्यौपाने र दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने ५८ वर्षीय निम बहादुर कुँवर रहेका छन्।

उनीहरुलाईविभिन्न धार्मिक सामग्रीहरु चोरेको आरोपमा पक्राउ गरिएको हो। 

आगामी साउनदेखि सिंहदरबार प्रवेशका लागि ‘इ-गेटपास’

: प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशका लागि आगामी साउनदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोगमा ल्याइने भएको छ ।

यही असार ६ गते बसेको सचिवस्तरीय बैठकले मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पास खारेज गरेर साउन १ गतेदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोगमा ल्याउने तथा गृह मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।    “साउनदेखि सिंहदरबार प्रवेशका लागि विभिन्न मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पास खारेज हुनेछन्, कसले पास लिए त्यसको रेकर्ड पनि रहने भएकाले अब इ–गेटपास प्रणाली प्रयोगमा ल्याइनेछ”, उहाँले भन्नुभयो ।  

नदीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह

आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएसँगै केही नदीहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । 

जल तथा मौमस विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल नारायणी नदीमा पानीको बहाब बढेसँगै सतर्कता अपनाउन निर्देशन गरिएको छ ।   बाढीविद् जोशन महर्जनले चितवन आसपासका क्षेत्रमा भारी वर्षा भइरहेकाले त्यस क्षेत्र आसपासका नदी किनारमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभयो । “हामीले मुलुकभर यतिबेला कहाँ कहाँ भारी वर्षा भइरहेको छ, कहाँ कहाँ नदीको सतह बढिरहेको छ, अवलोकन गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।”

‘निजामती सेवालाई प्रभावकारी बनाउन जरुरी’

 ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निजामती सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन सबैको सहयोग जरुरी रहेको बताउनुभएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज ऊर्जासचिव सुशीलचन्द्र तिवारीको बिदाइ समारोहलाई सम्बोधन गर्दै उहाँले तर्कबाट भन्दा पनि सेवाबाट नै निजामती सेवाको मान, प्रतिष्ठा बढाउन कर्मचारी संयन्त्र लाग्नुपर्ने बताउनुभयो । उमेर हदका कारण सचिव तिवारीले आजदेखि अवकाश पाउनुभएको छ ।

मन्त्री बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि मन्त्रालयले खेलेको भूमिका महत्वपूर्ण रहेको र त्यसमा सचिव तिवारीजस्तै राष्ट्र सेवकको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले ऊर्जा क्षेत्रमा गरिएको कामको परिणाम आजको भोलि नआउने भएकाले आगामी दिनमा अपेक्षित नतिजा हासिल हुने स्पष्ट पार्नुभयो ।

नेपाली अलराउण्डर दीपेन्द्रसिंह ऐरीको वरीयता एक स्थान खस्कियाे

यसअघि आईसीसीको वरीयतामा छैटौँ स्थानमा रहेका नेपाली अलराउण्डर दीपेन्द्रसिंह ऐरीको वरीयता खस्किएको छ ।

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आज सार्वजनिक गरेको टी–२० अलराउण्डरतर्फको नयाँ वरीयतामा उनी एक स्थान तल झरेका छन् । यसअघि छैटौँ वरीयतामा रहेका ऐरी नयाँ वरीयतामा सातौँ स्थानमा आइपुगेका छन् ।

वरीयताको शीर्ष स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा रहेका छन् । दोस्रो स्थानमा अफगानिस्तानका मोहम्मद नाबी रहँदा तेस्रो स्थानमा भारतका हार्दिक पाण्ड्या रहेका छन् ।टी–२० को ब्याटिङतर्फ भने दीपेन्द्रको वरीयता ४६ औँ स्थानमा यथावत नै रहेको छ।ब्याटिङतर्फ रोहित पौडेल ६१ औँ तथा आशिफ शेख ७० औँ स्थानमा यथावत रहेका छन् ।

बाढी पसेपछि बन्द भएको विराटनगर विमानस्थल खुल्यो

 बाढी पसेपछि बन्द भएको विराटनगर विमानस्थल खुलेको छ ।   वर्षा रोकिएको र बाढीको पानी सुकेसँगै विमानस्थलको उडान अवतरण सुरु गरिएको विराटनगर विमानस्थल कार्यालयले जनाएको छ ।

बस्तीबाट ओभरफ्लो भएर विराटनगर विमानस्थलको १ नं गेटबाट बाढी पसेपछि बुधबार बिहानैदेखि विमानस्थल बन्द गरिएको थियो । बस्तीबाट ओभरफ्लो भएर पसेको बाढीले विमानस्थल जाने बाटो अवरुद्ध बनेको थियो । विमानस्थलको पार्किङ क्षेत्रमा र हेलिप्याडमा समेत बाढीको पानी पसेर डुबानमा परेको थियो ।

विभिन्न स्थानबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले १४ जना पक्राउ

 काठमाडौंका विभिन्न स्थानबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ। 

प्रहरीले चन्द्रागिरी नगरपालिका–५ किसिपिडी डेरा गरी बस्ने बिनोद तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार ५ सय ५० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो। 

खोलाले बगाउँदा एक युवकको मृत्यु

 स्याङ्जामा खोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ ।

बुधबार दिउँसो साढे ११ बजे स्याङ्जाको पुतलीबजार नगरपालिका-१४ पुतलीखेतमा आँधीखोलाले बगाउँदा स्थानीय ३५ वर्षका सूर्य भण्डारीको मृत्यु भएको हो ।उनलाई खोलाले बगाएको थाहा पाउनासाथ प्रहरी खोजतलास गर्न पुगेको थियो ।

कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल

 राष्ट्रपति रामचन्द्र पौडेलले सङ्गीत, नाट्य कला र संस्कृति समाजको अभिन्न अङ्ग भएको बताउनुभएको छ ।  

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा शीतल निवासमा आज आयोजित ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० वितरण’ समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति भएको बताउनुभयो । 

उहाँले नेपालका मौलिक कला तथा सांस्कृतिक विविधतालाई संरक्षण गर्दै नवीन विशेषता जोड्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो । “नेपाल प्राकृतिक तथा सांस्कृतिक विविधताले समृद्ध मुलुक हो, हाम्रा पुर्खाहरूले धरोहरका रूपमा छोडी गएका धर्म, दर्शन, कला र संस्कृति नै हाम्रो राष्ट्रिय जीवनका परिचायक हुन्”, राष्ट्रपति पौडेलले भन्नुभयो, “देशका अमूल्य कला र संस्कृतिलाई सुरक्षित गरी यिनमा नवीन विशेषताहरू जोड्दै जानु आजको चेतनशील समाजको कर्तव्य हो ।” 

गृहमन्त्रीलाई निलम्बन मागमा रिट हाल्ने अधिकार छैन : महान्यायाधिवक्ता

सहकारी ठगी प्रकरणमा जोडेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गरिएको रिटमा महान्यायाधिवक्ता दिनमणि पोखरेलले लिखित जवाफ पेस गर्दै खारेज हुनुपर्ने माग गरेका छन् ।  महान्यायाधिवक्ता पोखरेलले सर्वोच्चमा पेस गरेको लिखित जवाफमा निवेदकको उक्त विषयमा सार्थक सम्बन्ध र सरोकार नै नरहेको जिकिर गरिएको छ।     अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट हेर्दाहेर्दैमा रहेको छ। न्यायाधीश सपना प्रधानमल्ल र सारंगा सुवेदीको इजलासमा पेशी रहेको साे मुद्दा असार ७ गतेदेखि हेर्दाहेर्दैमा रहेको हाे । निवेदनको अर्को पेशी असार १८ गते रहेको छ । उक्त दिन सर्वोच्चले बहस सकेमा अन्तिम निर्णय सुनाउने छ । 

प्रदूषणका कारण ८१ लाख मानिसको मृत्यु

स्टेट अफ ग्लोबल एयर २०२४ नामक रिपोर्ट हालै सार्वजनिक भएको छ। हेल्थ इफेक्ट इन्ष्टिच्यूट एवम् हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन नामक संस्थाले यूनिसेफसँगको सहकार्यमा यो प्रतिवेदन सार्वजनिक गरेको हो।

स्टेट अफ ग्लोबल एयरको उक्त प्रतिवेदनले २०२१ मा विश्वमा वायू प्रदूषणका कारण ८१ लाख मानिसको मृत्यु भएको तथ्य प्रस्तुत गरेको छ।

जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा

मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भएको बताउनुभयो ।

रेल सेवा प्रत्येक शनिबार दिनको १ः३० बजे जनकपरधामबाट खुल्ने र ४ बजे बिहान अयोध्या पुग्ने तथा सोही रेल साँझ ५ बजे अयोध्याबाट फर्किएर अर्को बिहान ७ः३० बजे जनकपुरधाम पुग्ने गरी तालिका सार्वजनिक गरिएको उहाँले जानकारी दिनुभयो । “जनकपुरधाम–अयोध्या रेल सञ्चालनका लागि समय तालिका सार्वजनिक गरेका छौँ, अब सोहीअनुसार छिट्टै सेवा सुरु गर्ने तयारीमा छौँ ।  उद्घाटनको समय तालिका मिलाउन लागिएको छ, समय मिल्नासाथ औपचारिक घोषणा गर्नेछौँ ।”