ओली र प्रचण्डभन्दा बालेनसँग मिल्नु ठिक हुन्छ : रास्वपा महामन्त्री ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा मुकुल ढकालले देश दौडाहा गरी बनाएको प्रतिवेदनमा पार्टीको अवस्था कमजोर बन्दै गएको उल्लेख गरेका छन्।

देशका विभिन्न क्षेत्रमा घुमेपछि उनले तयार गरेको प्रतिवेदनमा उनले पार्टीको जनमत कमजोर बनिरहेको उल्लेख गर्दै प्रतिवेदन बनाएका हुन्।

यस्तै हिसाबले अगाडि बढे रास्वपाको हालत पनि विवेकशील साझा पार्टीको जस्तो हुनेसमेत उनको विश्लेषण छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग मिल्नु पार्टीका लागि हितकर रहेको समेत उनको प्रतिवेदनमा उल्लेख छ।

महामन्त्रीको प्रतिवेदन बुधबार नै पार्टी सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई हस्तान्तरण गर्न लागेको उनले बताए।