पत्रकार महासंघमा चौतारी र सेन्टरबीच तालमेल हुँदै निर्वाचनमा अध्यक्षको उम्मेदवार

पत्रकार निर्मला शर्मा नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अध्यक्षको उम्मेदवार बन्ने भएकी छन्। 

शर्मा प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबाट अध्यक्षको साझा उम्मेदवार बन्न लागेकी हुन्।

आगामी असार १३ गते उम्मेदवारी दर्ता र २२ गते मदान गर्ने महासंघको निर्वाचन तालिका रहेको छ। प्रेस चौतारी र प्रेस सेन्टरबीच तालमेल गरी अध्यक्षमा चौतारीबाट र महासचिवमा सेन्टरबाट साझा उम्मेदवार उठाउने लगभग टुंगो भएको गृहकार्यमा सहभागी नेताहरूले बताएका छन्।

प्रेस सेन्टरको भागमा परेको महासचिवमा भने नाम टुंगो लगाउन बाँकी छ।

शर्मा २०७७ मा भएको पत्रकार महासंघको निर्वाचनमा पनि अध्यक्षकी प्रत्यासी थिइन्। त्यतिबेला प्रेस चौतारी, प्रेस मञ्च, जनपत्रकार संघसहित विभिन्न ९ संगठनको साथ थियो। 

त्यतिखेर नेपाल प्रेस युनियन र प्रेस सेन्टरबीच तालमेल हुँदा युनियनका विपुल पोखरेल विजयी भएका थिए। 

लामो समयदेखि पत्रकारितामा संलग्न शर्माले टेलिभिजन कार्यक्रम समकोण सञ्चालन गर्छिन्। उनले सञ्चारिका समूहको पनि नेतृत्व गरिसकेकी छन्।