रास्वपा प्यूठान संयोजक सुमन सुवेदीले गरे पार्टी परित्याग

 राष्ट्रिय स्वतन्त्र पार्टीका प्युठान संयोजक सुमन सुवेदीले पदबाट राजीनामा दिएका छन्।

सुवेदीले सामाजिक सञ्जालमार्फत जिम्मेवारी सम्हालेको छोटो समयमै पदबाट राजीनामा तथा पार्टी परित्यागको घोषणा गरे। 

उनले फरक नेतृत्वशैली र फरक भिजनको प्रचार गर्दै उदाएको रास्वपामा लागेको तर पछिल्लो समय आसन र भाषणमा मात्र आफू रमाउन नसकेको भन्दै जिम्मेवारीमा रहन नसक्ने बताए।

उनले लेखेका छन्, '...अझ सानो मान्छेलाई ठूलो पद झन् बेस्सरी भारी भयो। आसन र भाषणमा मात्रै रमाउन मनले माने।’

उनले आजसम्म जिम्मेवारीमा रहँदा आफूले गुनासो सुन्नेबाहेक केही काम नगरेको भन्दै गुनासो गर्नेहरू थुप्रै भेटिएको तर त्यसको सम्बोधन आफूले गर्न नसकेको बताए। 

'फरक देखिन र बोल्न सिकेर होइन फरक र सकारात्मक कर्मको अभ्यासले देश सिँगार्नु जरुरी छ। सकारात्मक परिवर्तनको पक्षमा निरन्तर लाग्नुहुने सम्पूर्णमा हार्दिक सम्मान र समर्थन,' उनले लेखेका छन्।