गृहमन्त्री रवि लामिछानेको नाम जोडिएका सहकारीहरूको कागजात झिकाउने निर्णय
![](https://snowberry.prixacdn.net/media/gallery_folder/rabi-lamichhane-1-e1716884357746_GLU7tdWSR9_2aj8lpzauno09ximiq3trp81izayoplmbpofyctb0je5k5kistfqcsdxqre4_KECO5Uf1i0_zpj3hoiqc49vow0ludb2h7gnoxexrwji5zfzuzj8gvsjvbigaplvkonqt5w4.jpg)
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धन संसदीय छानबिन विशेष समितिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएका सहकारीहरूको कागजात झिकाउने निर्णय गरेको छ । बुधबार बसेको बैठकले समितिको कार्यादेशअनुसार अनुसूची २ मा रहेका ९ वटा सहकारीहरूको कागजात मगाउने निर्णय गरेको हो ।
अनुसूची २ अनुसारका छानबिन गर्नुपर्ने सहकारीहरूमा आईडियल यमुना बहुउद्देश्यीय संस्था, ईमेज बचत तथा ऋण सहकारी संस्था लि, सहारा बचत था ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी रहेका छन् ।
समितिको सदस्यसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालका अनुसार सहकारीको कागजात आएपछि यसबारे थप प्रक्रिया अघि बढ्नेछ । ‘हामीले कागजात झिकाउने निर्णय गरेका छौँ । सबै कागजात आएपछि यसबारे थप प्रक्रिया अघि बढाउँछौँ,’ खनालले रातोपाटीसँग भने ।
आजको बैठकमा विभिन्न सहकारी अभियन्ताहरूलाई पनि बोलाइएको थियो । समितिले करिब २ घण्टा उनीहरूसँग पनि छलफल गरेको थियो ।
![रौतहटमा बस दुर्घटना : एकको मृत्यु , ८ यात्रु घाइते , बस चालक भने फरार](https://snowberry.prixacdn.net/media/gallery_folder/accident_xTj67Odh9B_PrAs9KiPKr.jpg.1220x800_q70_crop-top_kJ25ZvCwOP_kylhtgvrh5udr1hs9ierzukyrvxvbyimtvakhczusgcpwwiumds7dyntvxxj_baDvIoEtVl_vr3yhfcm3pymxi0d9x2rdoo9fj6h4iieayjs5eaieijzygwm9qmphzxzaokz.jpg)
रौतहटमा बस दुर्घटना : एकको मृत्यु , ८ यात्रु घाइते , बस चालक भने फरार
![खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-06-29%2520104546_Zu0LA1eKdl_ymznihfohaohzqjde1lamoucdgcbakturzpzxqyuffpjvxrurzyvee3iuniu_OWnv3PejZs_yohbom44dmkj2eaoiltqjjmyqutzorzo13lhez5q9bxuvf2xtzd6hghyfrmd.png)
खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन
![सुडानका १४ स्थानमा भोकमरी हुनसक्ने चेतावनी : युक्त राष्ट्र सङ्घ](https://snowberry.prixacdn.net/media/gallery_folder/sudan1709715676_2GRNS6Otuk_plczrgmv8lkdmmi4uwt8c7b0jjjaebdb60ceg8lj8pub8hdbrr6tlrnstuw7_mnSroovsXc_nctdqhnyfkygw4zm9mnjywtnujfepavj32krnsa1gj3wsp8inww1a1kd7mwa.jpg)
सुडानका १४ स्थानमा भोकमरी हुनसक्ने चेतावनी : युक्त राष्ट्र सङ्घ
![धान दिवसको दिन राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ](https://snowberry.prixacdn.net/media/gallery_folder/Ramchandra-paudel-1_CNWbQ1NGQ5_tixjkeewdy182lv9iurczeksozctjt32eevlwnilhkae7ilqpdqhia0kdq0z_ZtRxsgRcO1_vbyjbaseg05trgp0jkwnhkk9v7k9qnlqeaacrejxgozagwfcfwg36vpszxed.jpg)
धान दिवसको दिन राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ
![मल र बीउको अभाव नहोस् भन्नेमा सरकार सचेत छ : प्रधानमन्त्री](https://snowberry.prixacdn.net/media/gallery_folder/prachanda_9PB81av92B_mcAA8tZTEn_zagdmjkmx04o9nt0wals0l3rt2sqpu7fhrzgnhdgc2knpm5t42oufjtkoabs_iMJdVFGJpj_l9ottdiesc0vv4uxtonrbgeua5heofhkcilqbrcnl3pzzcjq2pzbufrpgdi2.jpg)
मल र बीउको अभाव नहोस् भन्नेमा सरकार सचेत छ : प्रधानमन्त्री
![टि ट्वान्टी विश्व कप : आज उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच फाइनल](https://snowberry.prixacdn.net/media/gallery_folder/india-vs-south-africa-head-to-head-ft-1719552692_Zqfbk9B5RW_gsrixsmlc3eatlwkid1ucbxnwbqiu6ccr4wbjol9dgh6mcvso31ejvncegrt_yMvmXAXsWP_nsj5tjswxglrwj0mfxjahqtlvspq4a3md9bxqesh3pjf15gk9unsz9gttbxm.jpg)
टि ट्वान्टी विश्व कप : आज उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच फाइनल
![आज धान दिवस , धान रोप्दै प्रधानमन्त्री प्रचण्ड](https://snowberry.prixacdn.net/media/gallery_folder/pm-djan-3-scaled_ARJLDtMNSJ_xmmrkstupde27k1b205pdukppzygusghuccporcpmb4empkoy9h0ooqmw1xj_h3VMzULBP6_zsalnvutqnqnz9lhhtptle3tsuhd1snwu77nwubcyj3ytzypnyp81gcwtasp.jpg)
आज धान दिवस , धान रोप्दै प्रधानमन्त्री प्रचण्ड
![‘पुष्पलालको जन्मशताब्दी र नेपाली कम्युनिष्ट आन्दोलन’](https://snowberry.prixacdn.net/media/gallery_folder/puspalal-communist-party-nepal-founder_20190723155327_DOB3R4nbNX-1_lGEpiYx5OG_ogpjjxzimsktrvgfac4xtat3l0dngs6fomugid1aqamaobc4yare4bycgiot_KA3Spm41Fi_syadhi5x8fjlvqpwougdqiwjrpalz8pugshbhltpql3r7ilygi4ygfzrcfib.jpg)
प्रतिक्रिया