मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

 गएरातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सञ्चालनमा आएको छ।  चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलबिरेमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो १ बजे आसपास गएको पहिरोका कारण दुईतर्र्फी सडक अवरुद्ध भएको थियो। अहिले दिउँसो २ बजेर १० मिनेटबाट सडक सञ्चालनमा आएको हो।  गएरातिदेखि परेको अविरल वर्षाका कारण धेरै सडकखण्ड अवरुद्ध हुन पुगेका छन्। धेरै स्थानमा पहिरोका कारण धनजनको क्षति भएको छ।