बुधबार दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ५ करोडको कारोबार

 नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकको गिरावट भएको छ । लगातार ३ दिन बढेको बजार आज बुधबार भने घटेर बन्द भएको हो । आज शेयर बजार नेप्से परिसूचक ११.६० अंकले घटेर २,०६० को विन्दुमा कायम भएको छ । आज ४७ कम्पनीको मूल्य बढेको छ भने १९४ कम्पनीको घटेको छ ।

आज दिनभरिमा ३०५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।