लेबनानमा हुने वुमेन्स कपका लागि नेपाली टोली घोषणा

चारदेशीय महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । प्रशिक्क राजेन्द्र तामाङले २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।टिममा वाफ च्याम्पियनसिप खेलेका खेलाडीकै बाहुल्यता छ । साउदी अरेबियामा भएको उक्त प्रतियोगितामा घाइते भएकी मिडफिल्डर प्रिती राई टोलीमा समावेश भएकी छन् ।

यस्तै, एसियाली खेलकुदमा घाइते भएकी सरु लिम्बु र रेनुका नगरकोटे पनि टोलीमा फर्किएका छन् । प्रतियोगितामा नेपालले पहिलो खेलमा २६ असारमा जोर्डनको सामना गर्नेछ । यस्तै, नेपालले २९ असारमा बंगलादेश र १ साउनमा लेबनानसँग खेल्ने तालिका छ । प्रतियोगिता सिंगल राउण्ड रोबिन पद्धतिमा खेलाइनेछ । तालिकामा शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।

नेपाली टोली :

गोलकिपर: एन्जिला तुम्बापो सुब्बा, अन्जनाराना मगर, उषा नाथ डिफेन्डर: अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, विमला विक, निशा ठोकर, पूजा राना, समीक्षा घिमिरे मिडफिल्डर: रेनुका​ नगरकोटे, सरु लिम्बू, अनिता बस्नेत, सविताराना मगर, दीपा शाही, अनिता केसी, प्रिती राई, अमिषा कार्की, विमला चौधरी फरवार्ड: सावित्रा भण्डारी, रेखा पौडेल र रश्मीकुमारी घिसिङ ।