एसईईको नतिजा बिहीबार ४ बजे सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ। बिहीबार अपरान्ह ४ बजे नतिजा सार्वजनिक हुनेछ।

आज सार्वजनिक गर्ने भनिएको एसईईको नतिजा प्राविधिक समस्या आएका कारण भोलिका लागि सरेको हो। गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए।