राष्ट्र बैंकको कदमको विरोध गर्दै सुनचाँदी व्यवसायीले प्रदर्शन

काठमाडौँ । राष्ट्र बैंकको कदमको विरोध गर्दै सुनचाँदी व्यवसायीले प्रदर्शन गरेका छन्। राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा र भन्सारमा लगाइएको कर वृद्धिको विरोधमा पसल बन्द गरेर उनीहरूले न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन्।

उनीहरूले उपभोक्तालाई मार परेको, भन्सार दर १५ %बाट बढेर २० % पुगेको भन्दै आन्दोलन गर्नुपरेको बताएका छन्। सुनचाँदीसम्बन्धी ऐन, नियम, निर्देशिका हालसम्म प्रकाशन नगरेको तथा सुनलाई विलासी वस्तुमा राखिएकोमा पनि उनीहरूको विरोध छ। विलासिता वस्तुमा लगाइएको २ प्रतिशत कर खारेज गर्नुपर्ने उनीहरूको माग छ।

प्रदर्शनमा उनीहरूले न्युरोड गेटदेखि ब्यानर र प्लेकार्ड बोकेर सिट्ठी र नारा लगाउँदै प्रदर्शन गरेका थिए।