खेतमा काम गर्दैगर्दा चट्याङ लागेर दुईको मृत्यु

कपिलवस्तुको यशोधरामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका–१० धनकौलीका १७ वर्षीय राजु ठाकुर र यशोधरा गाउँपालिका–६ भैइसहियाका २२ वर्षीय महेश कलवार रहेका छन् ।

उनीहरुको आज बिहान खेतमा काम गर्दैगर्दा चट्याङ लागेर मृत्यु भएको हो । आज बिहान साढे ७ बजेतिर खेतमा काम गर्दैगर्दा चट्याङ लागेर उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पिलवस्तुका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।