कोपा अमेरिका-२०२४ : क्यानडाले पेरुलाई १-० गोलअन्तरले हरायाे

 क्यानडाले कोपा अमेरिका-२०२४ मा पहिलो जित हासिल गरेको छ।

बुधबार बिहान सम्पन्न खेलमा क्यानडाले पेरुलाई १-० गोलअन्तरले पराजित गरेको हो। क्यानडाको जितमा जोनाथन डेभिडले गोल गरे। 

जितसँगै समूह ए मा क्यानडाले तीन अंक जोडेको छ। क्यानडा पहिलो खेलमा अर्जेन्टिनासँग २-० गोलअन्तरले पराजित भएको थियो।पेरुभने लगभग प्रतियोगिताबाट बाहिरिएको छ। पेरु पहिलो खेलमा चिलीसँग गोलरहित बराबरीमा रोकिएको थियो।

खेलको ७४औं मिनेटमा क्यानडाका लागि जोनाथन डेभिडले गरेको गोल नै निर्णायक बन्यो।

त्यसअघि खेलको ५९औं मिनेटमा पेरु १० खेलाडीमा समेटिएको थियो। पेरुका मिगुएल अराउजो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।