मौसम विभागका अनुसार आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

मनसुनी वायु देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज सातवटै प्रदेशमा वर्षाको सम्भावना छ। तीमध्ये ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना छ।

आज दिउँसो कोशी, मधेश, वागमती र गण्डकीका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, मधेश, वागमती र गण्डकीका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति कोशी, मधेश र वागमती प्रदेशका धेरै, गण्डकी र लुम्बिनीका केही तथा कर्णाली र सुदूरपश्‍चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, मधेश, गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ।